मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

'लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना, अध्यक्षमा माधव आचार्य

'लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना, अध्यक्षमा माधव आचार्य

images
  • 539
    SHARES

  • images
    images
    images
    'लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना, अध्यक्षमा माधव आचार्य
    images
    images
    images

    देवदह । देवदहमा नयाँ लायन्स क्लबको स्थापना भएको छ। लायन माधव आचार्यको अध्यक्षतामा ‘लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना भएको हो। लायन्स जिल्ला परिषद ३२५ पी अन्तरगत रहेको लायन्स क्लब अफ देवदहको स्पोनसरसिपमा सो क्लब स्थापना भएको हो।क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः ला. गणेश सापकोटा, ला. टीकाराम चापागाई, ला. मणिलाल तिवारी चयन भएका छन्। त्यस्तै क्लबको सचिवमा ला. अर्जुन गुरुङ्ग, कोषाध्यक्षमा ला. प्रविन गौडेल, सह सचिवमा ला. कमल थापा र सह कोषाध्यक्ष ला. रोजि गुरुङ्ग रहेका छन्।

    यसैगरी डाइरेक्टरमा ला. काशिराम रेग्मी, ला. अनन्तराम भण्डारी, ला. विष्णु प्रसाद अर्याल, ला. यमलाल शर्मा, ला. किसन थापा दर्लामी, ला. अर्जुन थापा, ला. केशव खनाल, ला. विक्रम पौडेल, ला. सुरज तिवारी, ला. गोकुल अर्याल, ला. विष्णु प्रसाद पाण्डे, ला. सागर अधिकारी र सदस्यमा ला. अंकित पौडेल ला. महेश्वर पराजुली, ला. लक्ष्मण पाण्डेय (राजु), ला. कमल‌ न्यौपाने र ला. कृष्ण पाठक रहनुभएको छ।

    images
    images
    images

    कार्यक्रममा डिष्ट्रीक्ट ३२५ पि नेपालका डिष्ट्रीक्ट एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेलले युवा जोशलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो। युवाहरु सामाजिक काममा प्रेरित भैरहेकाले आफुलाई निकै खुसी लागेको बताउनुभयो। कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष लायन राम बहादुर गुरुङ, लायन विष्णु प्रसाद ज्ञवाली लगाएतले आ-आफ्नो भनाइ राख्नुभएको थियो।

    कार्यक्रम प्रथम सत्र लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन मन बहादुर क्षेत्रीको अध्यक्षता र दोस्रो सत्र लायन्स क्लव अफ देवदह युनाइटेडका संस्थापक अध्यक्ष लायन माधव आचार्यको अध्यक्षता र क्लबका सचिव लायन अर्जुन गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij