निर्मल एसपी मगर
असोज ९, देवदह ।
देवदह नगर अस्पतालबाट स्थापना भएको एक वर्षको अवधीमा १४ हजार जना विरामीले सेवा लिएका छन् । स्थापना भएको एक वर्षे अवधीमा देवदह नगरपालिका बाहेक पाल्पा र नवलपरासीका विरामी सहित १४ हजार बढी लाभान्वित भएको अस्पतालका प्रमुख डा.संज्ञा सेनले जानकारी दिनुभयो ।
त्यसमध्य १५३ वटा गर्भवती सम्बन्धि सेवा र २२ सय २२ बच्चाले विभिन्न किसिमका खोप सम्बन्धि सेवा लिएको डा. सेनले बताउनुभयो ।
साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर सञ्चालन गरिएको नगर अस्पताल रुपन्देहीको पूर्वी क्षेत्रका सर्वसाधारणको लागी सहज भएको छ। अस्पतालले स्वास्थ्य विमाको प्रथम विन्दुको रुपमा समेत सेवा दिईरहेको छ । स्वास्थ्य विमा अन्तर्गत सेवा लिनका लागि झन्झटिलो र औषधि समेत पर्याप्त नरहेको गुनासो केहि मात्रामा आएपनि भर्खर मात्र स्वास्थ्य विमाको प्रथम विन्दुको रुपमा सेवा सुरुवात भएकोले विस्तारै यो समयस्या हल हुने जनाएको छ।
अस्पताल संचालनको लागि अत्याधुनिक सुविधा सहितको भौतिक संरचना निर्माण प्रक्रिया सुरुवात भए पनि निर्माणको काम रोकिएर लामो समय सम्म भवन निर्माणको काम रोकिएको थियो। हाल निर्माण प्रक्रिया सुस्त गतिमा अगाडी बढेको छ।
देवदह नगरपालिकाद्वारा संचालित देवदह नगर अस्पतालको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा छाला रोग सम्बन्धि परिक्षण शिविर हुने भएको छ ।
२०७९ को असोज १० गतेदेखि सेवा सुरु गरेको नगर अस्पतालले पहिलो स्थापना दिवसको अवसरमा छाला सम्बन्धि रोगको परिक्षण र बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको छ। छाला रोग विशेषज्ञद्वारा नि: शुल्क रुपमा छाला रोगको परिक्षण हुने देवदह नगर अस्पतालका मेसु डाक्टर संज्ञा सेनले जानकारी दिनुभयो। छाला रोग सम्बन्धि परिक्षण बिहान १० बजेदेखि दिउँसो दुई बजे सम्म हुनेछ ।
त्यस्तै सोही दिन बिहान सात बजे बाट बृहत रक्तदान कार्यक्रम आयोजना गरिएकोले रक्तदान कार्यक्रममा सरिक हुन समेत अस्पतालले आह्वान गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij