मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

'सहकारीका कारण आम नागरिकमा बचत गर्ने वानीको विकास भएको छ'

'सहकारीका कारण आम नागरिकमा बचत गर्ने वानीको विकास भएको छ'

images
  • 622
    SHARES

  • images
    images
    images
    'सहकारीका कारण आम नागरिकमा बचत गर्ने वानीको विकास भएको छ'
    images
    images
    images

    असोज १३, देवदह। सहकारीले शेयर सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा र वित्तिय साक्षरता नियमित रुपमा प्रदान गर्नुपर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सहकारीका कारण आमनागरिकमा बचत गर्ने वानीको विकास भएको हुदाँ लगानीलाई सही सदुपयोग गर्ने सीप समेत सहकारीले प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । 

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको मुख्य सेवा केन्द्र, शितलनगर सेवा केन्द्र र घोडाहा सेवा केन्द्रको १८ औं बार्षिक साधारण सभा कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले सहकारीलाई सहकारी ऐन, सिद्धान्त र मूल्यमान्यता अनुसार संचालन गर्नुपर्नेमा जोड दिएका थिए । मुख्य सेवा केन्द्र अन्र्तगत भएको कार्यक्रममा पुर्व अध्यक्षहरु तुलसीराम शर्मा, प्रकाश अर्याल, भिमप्रसाद गुरुङ्ग, संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने,सल्लाहकार ईश्वरीप्रसाद ढुंगाना, खेमानन्द ज्ञवाली, हरिप्रसाद पाण्डे, डिल्लीराम सापकोटा, गीता रुचाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    images
    images
    images

    कार्यक्रममा मुख्य सेवा केन्द्र संचालक उपसमितिका संयोजक राजकुमार श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपसमिति सदस्य दुर्गा पाण्डेको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैगरी शितलनगर सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न भएके छ । सेवा केन्द्र उपसमितिका संयोजक हरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश बचत तथा सहकारी संघका महासचिव ऋषिराम सापकोटा, संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेल, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कृष्णप्रसाद न्यौपाने, रेणु रेग्मी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    कार्यक्रममा संयोजक भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपसमितिका सदस्य यमबहादुर काउचाको स्वागत र सहव्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी घोडाहा सेवा केन्द्र देवदह–९, को बार्षिक साधार सभा सम्पन्न भएको छ । घोडाहा सेवा केन्द्र उपसमितिका संयोजक पिताम्वर खरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार प्रकाश अर्याल ,कोलिय देवदह सहकारीका सचिव कृष्ण राज पौडेलले आ–आफना भनाई राख्नु भएको थियो । 

    सेवा केन्द्र स्तरीय बार्षिक साधारण सभामा ७० बर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो । कोलिय देवदह साकोसले सेवा केन्द्र स्तरीय बार्षिक साधारण गर्दै असोज २० गते मूल समारोह गर्ने संस्थाले जनाएको छ । २० गते हुने मुल समारोहमा संस्थाको नया नेतृत्वको पनि घोषणा गर्ने कार्यक्रम रहेको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो । तिन वटै सेवा केन्द्रमा भएको बार्षिक साधारण सभामा मूल समारोहमा सहभागि हुने प्रतिनिधिहरुको समेत छनोट गरिएको र संस्थाको बार्षिक प्रतिवेदन पास गरेको पराजुलीले जानकारी दिनु भयो । साकोसमा हाल १६ हजार ५ सय २९ जना शेयर सदस्य रहेको जनाएको छ । खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij