देवदह । लायन्स क्लब अफ देवदहले नियमित सामाजिक कृयाकलाप अन्तर्गत आज रुपन्देहिको देवदहमा १ हजार ७ सय ५४ जनाको सुगर तथा रक्तचाप परिक्षण गरेको छ । देवदहमा मुख्य कार्यालय रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी सस्थाको १८ औ साधारण सभाको अवसर पारेर दुई सेवा केन्द्रमा आज एकै पटक सेयर सदस्यहरुको स्वास्थ्य परिक्षण गरेको हो !
४ हजार ९ सय भन्दा बढी सेयर सदस्य रहेको सहकारिको खैरेनी सेवा केन्द्रमा मात्र क्लबले १ हजार ३ सय ४२ जनाको स्वास्थ्य परिक्षण गरेको क्लबका अध्यक्ष मनबहादुर क्षेत्री ले जानकारी दिनुभयो । सो क्रममा १ सय ३४ जनालाइ सुगरको समस्या देखिएको क्लबले जनाएको छ !त्यसैगरी १ हजार २ सय भन्दा बढी सदस्य रहेको सहकारिको घोडाहा सेवा केन्द्रमा समेत ४ सय १२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ! सो क्रममा ३६ जनालाइ सुगरको समस्या देखिएको क्लबका कोषाध्यक्ष अजय चापागाइले जानकारी गराउनु भयो ।
श्री कृष्ण पोलिक्लिनिक देवदह र खैरेनी पोलिक्लिनिक को प्राविधिक सहयोगमा क्लबले स्वास्थ्य परिक्षण कार्य गरेको पुर्व अध्यक्ष बिष्णु ज्ञवालिले बताउनुभयो । पछिल्लो क्रममा देबदह क्षेत्रमा सुगरका बिरामी उल्लेख्य बढेको पाइएकोले गतबर्ष बाटै सुगर परिक्षण अभियान सन्चालन गरेको ज्ञवालिले जनाउनुभयो । गत बर्ष १० हजार ६ सय १६ जनाको सुगर परिक्षण गरेको क्लबले यो बर्ष २० हजार जनाको परिक्षण गर्ने लक्ष राखेको छ ।
स्वास्थ्य क्षेत्रमा कामहरु गरिरहेको देवदह लायन्स क्लबले लायन्स आँखा अस्पताल स्थापना गरि देवदह ५ बैकुण्ठनगर स्थित आफ्नै कार्यालय बाट साताको २ दिन आँखा परिक्षण समेत गर्दै आएको छ ! प्रत्यक हप्ताको सोमबार र शुक्रवार उक्त अस्पतालमा दक्ष प्राविधिक हरु द्वारा आँखा परिक्षण हुनेगर्छ । यसैगरी केही महिना यता क्लबले स्थानिय बिद्यालयमै पुगेर बिद्यार्थिहरुको आँखा परिक्षण गर्ने गरेको र परिक्षणको क्रममा आँखा को समस्या देखिएक बिरामिहरुलाइ निशुल्क रुपमा चस्मा वितरण गरिएको क्लबका क्लबका संस्थापक अध्यक्ष बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij