देवदह। अखिल नेपाल सुकुम्बासी संघ देवदहको दोस्रो भेला सम्पन्न भएको छ। अखिल नेपाल सुकुम्बासी संघ देवदह नगर कमिटिको आयोजनामा 'राजश्व सम्बन्धि अन्तरक्रियात्मक नगर भेला' ले गोविन्द बहादुर क्षेत्रि 'पृथ्वी' को अध्यक्षतामा १९ सदस्यीय नगर कमिटि सर्व सम्मत रुपमा निर्वाचित गरेको छ।
संघको उपाध्यक्षमा लक्ष्मी खानल ढकाल, सचिवमा भानु उपाध्याय, कोषाध्यक्षमा कृष्ण सुनार विक रहेका छन्। त्यस्तै सदस्यहरुमा जङ्ग बहादुर गाहा, लक्ष्मण भट, नेत्र बहनदुर नेपाली,टेक बहादुर विक, प्रकाश न्यौपाने, रामबली थारू, धन बहादुर खाम्चा, गंगा विक, गंगा बहादुर बि क, रामजी प्यासी, सीता गैरे, दण्ड बहादुर गाहा मगर रहेका छन्।
कार्यक्रममा मन्तब्य व्यक्त गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य, संबिधान सभा सदस्य एवं जनता संग माओवादी रुपान्तरण अभियानका देवदह इन्चार्ज सिता देवी बौडेल माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारको पालामानै भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबसिले भूमि सहित जग्गाधनी पुर्जा पाउने बताउनुभयो।
आगामी पाँच वर्षमा आधा गरिबी हटाउने पार्टीको नीति रहेको र मुलुकमा जनसङ्ख्याको ठूलै हिस्सा अझ पनि गरिबीको रेखामुनि रहेको तथा गरिब घरपरिवारले दयनीय जीवन गुजारा गर्नुपरिरहेको अवस्थालाई गुणात्मकरूपमा परिवर्तन गर्ने अभियानमा माओवादी केन्द्र लागेको उहाँले बताउनुभयो।
वास्तविक भूमिहीन सुकुम्वासीहरूलाई भूमिको लालपुर्जा र आवासको प्रबन्ध गर्ने योजना समेत माओवादी केन्द्रको योजना रहेको उहाँको भनाई थियो।
'राजश्व सम्बन्धि अन्तरक्रियात्मक नगर भेला' माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जनता संग माओवादी रुपान्तरण अभियानका देवदह इन्चार्ज सिता देवी बौडेलको प्रमुख आतिथ्यता, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव यमलाल तिवारी 'भरत' काे विशिष्ट आतिथ्यता, पार्टीका नेता मोतीलाल ढकाल, गोविन्द ठडराई तथा पार्टीका विभिन्न बिभागका पदाधिकारीको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रम अमृत बहादुर फुल्लेलकाे स्वागत र अखिल नेपाल सुकुम्बासी संघ रुपन्देहीका जिल्ला अध्यक्ष चाेडा प्र.चापागाइकाे सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij