लुम्बिनी पाना। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रिय सदस्य रमेश प्रसाईले रास्वपा भगवान बोकेर धर्मको राजनीति गर्न आएको नभई देश र जनताको हितका लागि जनताको एजेन्डा बोकेर राजनीति गर्न आएको बताएका छन्।
रुपन्देहीको देवदहमा पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता प्रसाईले पार्टी, धर्मको नाममा राजनीति गरिएको देखिएकोले रास्वपाले त्यस्ता खालको राजनीति नगरी मुलुकमा विकास र परिवर्तनको मुद्दा लिएर अगाडी बढ्ने बताए।
जनतामा निहित सार्वभौम सत्ता मान्ने भन्दै परापुर्व कालदेखि चलि आएको सनातन धर्म र कानुनलाई आत्मसात गर्ने प्रसाईको भनाई रहेको थियो।
रास्वपाका नेता स्वर्णिम वाग्ले र सभापति रवि लामिछानेका बिचमा विवाद भई रास्वपा पार्टी विभाजन हुन लागेको हो ? भन्ने प्रश्नमा वाग्ले र पार्टी सभापति विच कुनै विवाद नभएकोले अबको १० वर्ष पार्टीको सभापति लामिछानेनै पार्टी निर्विकल्प नेता रहने बताउदैं आफ्नो पार्टीमा कुनै गुट उपगुट नबन्ने बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij