असोज १५, देवदह । सहकारीले शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने नेपाल बचत तथा ऋण प्रदेश संघ लुम्बिनी प्रदेशका महासचिव ऋषिराम सापकोटाले बताउनु भएको छ । उहाँले शेयर सदस्य व्यवसायिक र उद्यमी बने मात्र सहकारी राम्रो हुने हुदा शेयर सदस्यको आर्थिक परिवर्तन गर्ने गरी लाग्नु पर्नेमा जोड दिनु भयो ।
रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको १८ बार्षिक साधारण सभा अन्तरगत ढेकावर सेवा केन्द्र स्तरीय सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । सहकारीलाई नीति बिधि र प्रविधिमा सञ्चालन गर्न सहकारी अभियानकर्मी, सहकारीका सञ्चालक र शेयर सदस्यहरु लाग्नु पर्नेमा उहाले जोड दिनु भयो ।
कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था ढेकावर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मी सिग्देलको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह–२ का वडाअध्यक्ष दलबहादुर राकसकोटी, संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, सल्लाहकार मित्रलाल न्यौपाने, ईश्वरी प्रसाद ढुंगाना, सहकारीका सचिव कृष्णराज पौडेल, देवदह–२ का पूर्व वडाअध्यक्ष धर्मागत पाण्डे, सहकारीका पूर्वकोषाध्यक्ष जागेश्वर पंगेनी, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा समिति संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कमलप्रसाद पौडेल लगायतले बोल्दै सहकारीलाई नीतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संयोजक सिक्देलले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
सभाले मुख्य साधारण सभामा सहभागि हुने प्रतिनिधि छनोट गरेको छ । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य मिना बस्नेतको स्वागत र सहकारीका व्यवस्थापक बिनोद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
। सहकारीले शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने नेपाल बचत तथा ऋण प्रदेश संघ लुम्बिनी प्रदेशका महासचिव ऋषिराम सापकोटाले बताउनु भएको छ । उहाँले शेयर सदस्य व्यवसायिक र उद्यमी बने मात्र सहकारी राम्रो हुने हुदा शेयर सदस्यको आर्थिक परिवर्तन गर्ने गरी लाग्नु पर्नेमा जोड दिनु भयो ।
रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको १८ बार्षिक साधारण सभा अन्तरगत ढेकावर सेवा केन्द्र स्तरीय सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । सहकारीलाई नीति बिधि र प्रविधिमा सञ्चालन गर्न सहकारी अभियानकर्मी, सहकारीका सञ्चालक र शेयर सदस्यहरु लाग्नु पर्नेमा उहाले जोड दिनु भयो ।
कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था ढेकावर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मी सिग्देलको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह–२ का वडाअध्यक्ष दलबहादुर राकसकोटी, संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, सल्लाहकार मित्रलाल न्यौपाने, ईश्वरी प्रसाद ढुंगाना, सहकारीका सचिव कृष्णराज पौडेल, देवदह–२ का पूर्व वडाअध्यक्ष धर्मागत पाण्डे, सहकारीका पूर्वकोषाध्यक्ष जागेश्वर पंगेनी, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा समिति संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कमलप्रसाद पौडेल लगायतले बोल्दै सहकारीलाई नीतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संयोजक सिक्देलले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
सभाले मुख्य साधारण सभामा सहभागि हुने प्रतिनिधि छनोट गरेको छ । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य मिना बस्नेतको स्वागत र सहकारीका व्यवस्थापक बिनोद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij