असोज १७, देवदह । सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिने कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका पुर्वअध्यक्ष प्रकाश अर्यालले बताउनु भएको छ ।
उहाँले सहकारीहरुले आफना शेयर सदस्यहरुलाई सीप प्रदान गरि व्यवसायीक बनाउन सकेमात्र आर्थिक विकास गर्न सकिने बताउनु भयो । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था शंकरपुर सेवा केन्द्र देवदह–१२ को १८ औं बार्षिक साधारण सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
सल्लाहकार समेत रहनु भएका अर्यालले सहकारीको माध्यमबाट कृषिको विकास गरी उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । उहाले वास्ताविक किसानले राहत पाउन नसकेको अवस्थामा सहकारीले कृषिमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाले सहकारीको माध्यमबाट शेयर सदस्यहरुको जीवन स्तर उकास्न सकिने भएकोले हरेक नागरिकले बचत गर्ने वानीको विकास गर्नुपर्ने बताउनु भयो ।
कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था शंकरपुर सेवा केन्द्रका संयोजक लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने, लेखा संयोजक हरिप्रसाद ढुंगाना, डिल्लीराज सापकोटा, भिमबहादुर थारु लगायतले आ–आफना भनाई राख्नु भएको थियो । बार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संयोजक सिग्देलले आगामी ४ बर्ष भित्र ३५ हजार शेयर सदस्य पुर्याउने संस्थाले लक्ष्य लिएको जानकारी दिनु भयो ।
उहाँले संस्थाले अहिले एक अरव ७० करोडको कारोवार गर्दै आएको र आगामी ४ बर्ष भित्र ६ अरव पुर्याउने लक्ष्यका साथ अगाडि बढेको बताउनु भयो ।
यसैगरी संस्थाको रामपुर सेवा केन्द्र सुनवल–८, को साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै संस्थाका सल्लाहकार जयकिशन अधिकारीले सहकारीमा बचत गरिएको रकम स्वयम् शेयर सदस्यको सम्पति भएकोले आफुले कमाएको केहि प्रतिशत रकम बचत गर्ने वानीको विकास गर्नुपर्ने बताउनु भयो ।
आफुले कमाएको थोरै÷थोरै रकम बचत गर्ने हो भने भविष्यमा समस्यामा पर्दा उक्त रकम प्रयोग गर्न सकिने र जीवनशैली सहज हुने बताउनु भयो । उहाँले सहकारीबाट ऋण लिएर व्यापार, व्यवसाय, शैक्षिक तथा आवश्यक परेको खण्डमा घर खर्च चलाउन सकिने बताउनु भयो ।
कार्यक्रममा संस्थाका सचिव कृष्णराज पौडेलले हाल संस्थामा १६ हजार ६४१ जना शेयर सदस्य रहेको र शेयर सदस्यहरुलाई उत्कृष्ट, प्रविधियुक्त, व्यावसायिक तथा दिगो वित्तिय सहकारी संस्थाको रुपमा विकास गरिने बताउनु भयो । उहाले सदस्यहरुको समृद्ध जीवनस्तरका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित सम्पूर्ण वित्तिय सेवा प्रदान गर्ने सहकारी संस्थाको ध्यय रहेको बताउनुभयो ।
रामपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक दुर्गादत्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रजापति सापकोटा, सुनवल नगरपालिका–८ का वडाअध्यक्ष देउबहादुर गुरुङ, शेयर सदस्य पार्वती श्रेष्ठ, सानाबाबु श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य लोकबहादुर खत्रीको स्वागत र संस्थाका कर्मचारी खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी तारापुञ्ज सेवा केन्द्र देवदह–९, को साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक खडकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार ऋषिराम सापकोटा, मित्रलाल न्यौपाने, रुका सापकोटा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखा सदस्य कोषबहादुर गुरुङ्ग, टेकबहादुर विक, जसबहादुर पुन, केशव भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । तिनवटै सेवा केन्द्रमा भएको साधारण सभामा ७० बर्ष भन्दा माथिका शेयर सदस्य र ६५ बर्ष भन्दा माथिका एकल महिला सदस्यलाई सम्मान गरिएको थियो ।
मूल कार्यक्रममा सभागि हुनको लागि तिनवटै सेवा केन्द्रबाट प्रतिनिधि समेत छनोट गरिएको छ । कल्पना न्यौपानेको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij