मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोलिय देवदह बचत तथा ऋण सहकारीको अध्यक्षमा सापकोटा निर्वाचित

कोलिय देवदह बचत तथा ऋण सहकारीको अध्यक्षमा सापकोटा निर्वाचित

images
  • 712
    SHARES

  • images
    images
    images
    कोलिय देवदह बचत तथा ऋण सहकारीको अध्यक्षमा सापकोटा निर्वाचित
    images
    images
    images

    लुम्बिनी पाना।  रुपन्देहीको देवदहमा केन्द्रिय कार्यालय रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभाको मूल समारोह सम्पन्न भएको छ। असोज १३ गते देखि बिभिन्न ९ वटा सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएर शनिबार प्रतिनिधिमूलक साधारण सभा सम्पन्न भएको हो। 

     

    images
    images
    images

    May be an image of 7 people, flute, temple, dais and text

     

    साकोसको साधारण सभाबाट संचालक समितिको अध्यक्षमा ऋषिराम सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रमा न्यौपाने, सचिवमा कृष्णराज पोडेल, कोषाध्यक्षमा हरि भण्डारी निर्वाचित भएका छन्।  

    यसैगरी संचालक समितिको सदस्यहरुमा पिताम्बर खराल,पार्वती न्यौपाने ,दुर्गादत्त कंडेल ,लक्ष्मी सिग्देल ,खैराज शर्मा ,तारा प्रसाद खरेल ,बाबुराम अर्याल ,धन प्रसाद भुसाल ,पर्शुराम न्यौपाने,सम्झना दुबे र विन्दु शर्मा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए। त्यसैगरी लेखा समितिको संयोजकमा हरिप्रसाद ढुंगाना, सदस्यहरुमा कोषबहादुर गुरुङ्ग, लक्ष्मी गैरे रहेका छन्

    सहकारीबाट लिएको ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : नगर प्रमुख खरेल

    साधारण सभाको अवसरमा मन्तब्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सहकारीबाट लिएको ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्। नगर प्रमुख खरेलले ऋणलाई सहि सदुपयोग गर्न सकेमात्र आर्थिक विकास गर्न सकिनेमा जोड दिए । नगर प्रमुख खरेलले  सहकारीको माध्यमबाट आर्थिक विकास गरी देशलाई समृद्धिको बाटोमा लैजान सकिने बताए। 

    आम नागरिकको आर्थिक विकासको लागि सहकारी संग सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको नगर प्रमुख खरेलको भनाई थियो 

    सोही अवसरमा बोल्दै  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का पुर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारी सवल हुन एक्यवद्धता आवश्यक रहेको बताए। सहकारीहरुले सहकारी ऐन र कानुन पालना गर्न आवश्यक रहेको बताउदै ऋणलाई उत्पादन संग जोड्नु पर्ने बताउदैं शेयर सदस्यहरुले नियमित मासिक बचत भविष्यको साहारा भएकोले नियमित बचत गर्नुपर्ने बताए। 

    सहकारीहरु आफना शेयर सदस्यहरुको आर्थिक अवस्था सुधार्न लाग्नु पर्ने बताउदै देशमा १६ वटा भन्दा बढि सहकारीमा समस्या आएको पोखरेलको भनाई थियो। 

    कार्यक्रममा अध्यक्ष सुवकान्त न्यौपानेले बार्षिक प्रतिवेदन, सचिव कृष्णराज पौडेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रजापति सापकोटाले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको स्वागत र सचिव कृष्णराज पौडेल, व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    May be an image of 10 people and text that says

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij