मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सहकारीले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउनु पर्छ : उपप्रमुख गुरुङ

सहकारीले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउनु पर्छ : उपप्रमुख गुरुङ

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    सहकारीले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउनु पर्छ : उपप्रमुख गुरुङ
    images
    images
    images

    कार्तिक १, देवदह । सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउनु पर्ने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । 

    साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपप्रमुख गुरुङ्गले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुपर्ने बताउदै शेयर सदस्यहरुमा वित्तिय ज्ञान नहुदा सम्म संस्थाको विकास हुन नसक्नेमा जोड दिनु भयो । उहाले सहकारीहरुले शेयर सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरी उत्पादनमा जोड्न सकेमात्र रोजगार सृजना गर्न सकिनेमा जोड दिनु भयो । 

    images
    images
    images

     

    No description available.

     

    उहाले आर्थिक, शैक्षिक र राजनीति कारणले महिलाहरु पछाडि परेको बताउदै महिलाहरु आर्थिक उपार्जनमा जोडिन आवश्यक रहेको बताउनु भयो । उपप्रमुख गुरुङ्गले महिलाहरुको शसक्तिकरण र आर्थिक रुपले सवल नभए सम्म संस्थाले लिएको लक्ष्य प्राप्त गर्न नसकिनेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै साना किसान विकास लधुवित्त वित्तिय संस्था बुटवलका प्रमुख गणेशप्रसाद भट्टराईले देशलाई समृद्धि बनाउने हो भने सहकारी मार्फत उत्पादनमा जोडिन आवश्यक रहेको औल्याउनु भयो । 

    उहाले खराव कर्जाले संस्थालाई डुवाउने हुदा भाका नाघेको ऋण असुलीमा संचालकहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाले सानो–सानो विषयवस्तुलाई व्यवस्थापन गर्न सकेमात्र आमनागरिकको आर्थिक अवस्था परिवर्तन गर्न सकिने बताउनु भयो । उहाले नागरिकको आर्थिक अवस्था सुधार गर्ने हो भने राज्यले सहकारी संग सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताउनु भयो । 

     

    No description available.

    सहकारी संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल कृषि सहकारी संघ केन्द्रिय संचालक रामप्रसाद रेग्मी, देवदह नगरपालिका कार्यपालिका सदस्य एवं पुर्वअध्यक्ष रुपाकुमारी ढुंगाना, देवदह आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारी, शेयर सदस्यहरु गीरप्रसाद पोण्डे, शोभाकुमारी थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन, लेखा संयोजक कल्पना सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट उद्यमी, उत्कृष्ट कृषक र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष ख्यामनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij