बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

इजरायलमा मारिएका थप एक जनाको शव नेपाल आइपुग्यो

इजरायलमा मारिएका थप एक जनाको शव नेपाल आइपुग्यो

images
  • 343
    SHARES

  • images
    images
    images
    इजरायलमा मारिएका थप एक जनाको शव नेपाल आइपुग्यो
    images
    images
    images

    काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा मारिएका एक जना विद्यार्थीको शव आज नेपाल आइपुगेको छ। बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव ल्याइएको हो।फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको  शव ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनको शव नेपाल ल्याएसँगै एम्बुलेन्समा राखेर उनको शव बझाङका लागि पठाइएको हो। 

    इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १०  मध्ये ५ विद्यार्थीको नेपाल ल्याइएको छ । बाँकी पाँच जनाको शव ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ। ती शवहरूको पहिचान गर्न गाह्रो भएको उनीहरूका आफन्तको डिएनए सङ्कलन गरी पठाइएको छ । सोही आधारमा पहिचान गरेर शव चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइएको छ। 

    अक्टोवर ७ तारिखको बिहान हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो। आक्रमणमा परेर ४ जना घाइते भएका थिए।

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, कार्तिक ९ २०८०१०:४०:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij