मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउने, कोषले थाल्यो स्वागतको तयारी

संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउने, कोषले थाल्यो स्वागतको तयारी

लुम्बिनी

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउने, कोषले थाल्यो स्वागतको तयारी
    images
    images
    images

    लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आउँदो मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आउने भएका छन् । आइतबार राति काठमाडौं ओर्लिएपछि गुटेरेस कात्तिक १४ गते मंगलबार लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेस लुम्बिनी आउने राष्ट्रसंघको छैठौं महासचिव हुनेछन् ।

    महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत गरेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । उनका अनुसार मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ । त्यहां सञ्चारकर्मीसंग गुटेरेसले आफ्ना भनाइ राख्ने राईले जानकारी दिए ।

    images
    images
    images

    महासचिव गुटेरेससंग लुम्बिनीको विकासका लागि सहयोगका लागि अपिल गरिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए । लुम्बिनीको गुरुयोजना नै संयुक्त राष्ट्रसंघको पहलमा तयार भएको हो । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गरेका थिए । लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसंघकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए ।

    त्यसक्रममा बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको र अवस्था दयनीय देखेपछि नेपालका तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताएका थिए । राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हयामरकोल्ड, ऊ थान्त, ज्याभियर पेरिज डि कुइलर, कर्ट वाइल्डहाईम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका छन् ।

    सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दा समेत अधुरो छ । अहिले सम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् ।

    विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो ।

    राष्ट्रसंघको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो । महासचिव गुटेरस लुम्बिनीपछि पोखरा र अन्नपूर्ण आधार शिविरमा पनि जाने कार्यक्रम छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij