बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

गणतन्त्र दिवसमा आममाफी : ज्यान मार्ने धम्की दिएको आरोपमा पुनः पक्राउ

गणतन्त्र दिवसमा आममाफी : ज्यान मार्ने धम्की दिएको आरोपमा पुनः पक्राउ

images
  • 450
    SHARES

  • images
    images
    images
    गणतन्त्र दिवसमा आममाफी : ज्यान मार्ने धम्की दिएको आरोपमा पुनः पक्राउ
    images
    images
    images

    कार्तिक १४, चितवन । चितवनमा गणतन्त्र दिवसमा आममाफी पाएका ब्यक्ति ज्यान मार्ने धम्की दिएको आरोपमा पुनः पक्राउ परेका छन् । मानिसलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ माग गरेको आरोपमा ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।

    मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगना भई भरतपुर महानगरपालिका वडा नं.९ मा बस्दै आएका थापाले भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी उनलाई र छोरालाई गोली हानी हत्या गर्छु भन्दै २५ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

    images
    images
    images

    थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । 

    अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए।

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, कार्तिक १४ २०८००७:४४:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij