बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

शिक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न नसके देशले हरेक क्षेत्रमा संकट झेल्नु पर्छ : प्याब्सन उपाध्यक्ष काफ्ले

  • 344
    SHARES

  • images
    images
    images
    शिक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न नसके देशले हरेक क्षेत्रमा संकट झेल्नु पर्छ : प्याब्सन उपाध्यक्ष काफ्ले
    images
    images
    images

    देवदह।  शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरु सामना गर्न नसके देशले हरेक क्षेत्रमा संकट झेल्नु पर्ने प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले बताउनु भएको छ । आफ्नो भविष्य बनाउनको लागि लाखौं युवाहरुले देशको भविष्य जोखिम पार्दै बिदेशिनु पर्ने बाध्यता राज्यले नै बनाएकोले यो समस्याको समाधान चाँडो गर्नु पर्ने उहाँले बताउनुभयो ।

    निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयले गुणस्तरीय र समय सापेक्ष शिक्षा प्रदान गरी दक्ष जनशक्ति तयार पारिदिए पनि राज्यले उनीहरुलाई अवसर दिन नसकेको कारण बैदेशिक पलायन बढ्दै गएको बताउनुभयो । प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले निजी विद्यालयको विकल्प राज्यसँग नभएको तर निजी विद्यालयको योगदानलाई राज्यले वेवास्ता गरेको बताउनुभयो । त्यसैगरी उहाँले स्थानीयतहले निजी विद्यालयहरुसँग सहकार्य नगरी गुणस्तरीय शिक्षाको परिकल्पना गर्नु दिवा सपना मात्र हो भन्नुभयो । वर्तमान संविधान र शिक्षा ऐनले शिक्षाका धेरै अधिकार स्थानीयतहलाई प्रदान गरेता पनि स्थानीयतहले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न नसकेको बताउनुभयो । त्यसैगरी सल्लाहकार महेश पराजुलीले दक्ष जनशक्ति अभावका कारण शैक्षिक संस्थाहरु बन्द हुने स्थितिमा पुगेको भन्दै यसको प्रभाव हरेक क्षेत्रमा पर्दै जाने बताउनुभयो ।

    images
    images
    images

    कार्यक्रममा सचिव कृष्णप्रसाद गैरेले सांगठनिक प्रतिवेदन कोषाध्यक्ष टिकाराम चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, सचिव कृष्णप्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको स्वागतमा सम्पन्न भएको थियो ।प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले बताउनु भएको छ । आफ्नो भविष्य बनाउनको लागि लाखौं युवाहरुले देशको भविष्य जोखिम पार्दै बिदेशिनु पर्ने बाध्यता राज्यले नै बनाएकोले यो समस्याको समाधान चाँडो गर्नु पर्ने उहाँले बताउनुभयो ।

    निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयले गुणस्तरीय र समय सापेक्ष शिक्षा प्रदान गरी दक्ष जनशक्ति तयार पारिदिए पनि राज्यले उनीहरुलाई अवसर दिन नसकेको कारण बैदेशिक पलायन बढ्दै गएको बताउनुभयो । प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले निजी विद्यालयको विकल्प राज्यसँग नभएको तर निजी विद्यालयको योगदानलाई राज्यले वेवास्ता गरेको बताउनुभयो । त्यसैगरी उहाँले स्थानीयतहले निजी विद्यालयहरुसँग सहकार्य नगरी गुणस्तरीय शिक्षाको परिकल्पना गर्नु दिवा सपना मात्र हो भन्नुभयो । वर्तमान संविधान र शिक्षा ऐनले शिक्षाका धेरै अधिकार स्थानीयतहलाई प्रदान गरेता पनि स्थानीयतहले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न नसकेको बताउनुभयो । त्यसैगरी सल्लाहकार महेश पराजुलीले दक्ष जनशक्ति अभावका कारण शैक्षिक संस्थाहरु बन्द हुने स्थितिमा पुगेको भन्दै यसको प्रभाव हरेक क्षेत्रमा पर्दै जाने बताउनुभयो ।

    कार्यक्रममा सचिव कृष्णप्रसाद गैरेले सांगठनिक प्रतिवेदन कोषाध्यक्ष टिकाराम चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, सचिव कृष्णप्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij