देवदह । रुपन्देहीको देवदह नगरपालिकामा किसानले लगाएको तोरी बारीमा फुलेर पहेंलै भएको छ ।
देवदहमा यस वर्ष कृषि ज्ञान केन्द्र भैरहवाको बिउ सहयोग र देवदह नगरपालिका कृषि शाखाको सहजीकरणमा किसान बहुउदेश्यीय सहकारी संस्था देवदह २ मा ४५ बिघा, कलुवा कृषि सहकारी देवदह ५ मा ४५ बिघा, शिव शक्ति बहुउदेश्यीय सहकारी र वडा नम्बर ४ मा २ वटा समूहले ९० बिघा गरि १ सय ८० बिघामा उन्नति र प्रीति जातको तोरी खेति गरिएको छ।

गत वर्ष देवदहमा ८ सय ४० हेक्टर क्षेत्रफलमा तोरी खेति गरिएको र १ हजार ८ मेट्रिक टन तोरी उत्पादन भएको देवदह नगरपालिका कृषि शाखाले जनाएको छ। यसपटक यहाँ करिब एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा तोरीखेती भएको देवदह नगरपालिकाका कृषि शाखा प्रमुख अश्विनी कुमार शर्माले जानकारी दिनुभयो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij