मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहका व्यवसायी भन्छन्- सडक बनेन, व्यापार घट्यो

देवदहका व्यवसायी भन्छन्- सडक बनेन, व्यापार घट्यो

दुई महिना भित्र ज्यामिरे देखि चरङ्गे सम्म एकतर्फी सडक बनाउने प्रतिबद्धता

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    देवदहका व्यवसायी भन्छन्- सडक बनेन, व्यापार घट्यो
    images
    images
    images

    देवदह । पुर्व पश्चिम् राजमार्गको बुटवल नारायणगढ सडक विस्तारको कार्यमा ढिलाई हुँदा व्यावसायमा गिरावट आएको भन्दै देवदहका व्यावसायीले सडक विस्तार कार्य छिटो छरितो रुपमा गर्न आग्रह गरेका छन् ।

    सडक विस्तार कार्य सुस्त गतिमा हुँदा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको, धुलोका कारण व्यापार व्यवसायमा समेत गिरावट आएको र यातायातका साधन समेत छिटो बिग्रेको र निर्माण व्यवसायीले लापरबाही गरेको स्थानीय व्यवसायी धन बहादुर अधिकारीको गुनासो छ । ।

    images
    images
    images

    बाटोमा उड्ने धुलोका कारण व्यापार घटेको छ । बाटोको धुलोका कारण ग्राहक नै आउँदैनन्, पसल कुर्ने बस्नेमात्रै काम भइरहेको छ,’ अर्का व्यावसायी भैरब विकले बताए।

    विसं २०७५ साल चैतमा सुरु गरेर झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको ११३ किलोमिटर सडक अन्तर्गत नारायणगढ-बुटवल खण्डको काम सकिन अझै केही वर्ष लाग्ने देखिन्छ । 

    चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको सडक निर्माणको काम गरिरहेको छ।

    सडक विस्तारका क्रममा अहिले पुल, कल्भर्ट, निर्माण, ड्रेन निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ। नवलपरासी र नवलपुरका केही भागमा सडक कालोपत्रेको काम सकिएको छ ।


    दुई महिना भित्र ज्यामिरे देखि चरङ्गे सम्म एकतर्फी सडक बनाउने प्रतिबद्धता 

    यसैबीच देवदह नगरपालिका र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बिच सम्झौता भएको छ।

    सम्झौता अनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुटवल नारायणगढ सडक विस्तारका लागि आवश्यक पर्ने नदिजन्य पदार्थ देवदह नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन तथा व्यवस्थापन कार्यबिधी अनुसार उपलब्ध गराउने र सम्झौता अनुसारको काम सुरुवात भएपछि २ महिना भित्र ज्यामिरे देखि चरङ्गे सम्मको एकतर्फी सडक बनाउने चाइना स्टेट कन्स्ट्रक्सनले प्रतिबद्धता व्यक्त गरेको छ।

    सम्झौता अनुसार देवदह नगरपालिकाले बुटवल नारायणगढ सडक (देवदह खण्ड) निर्माण समयमै सम्पन्न गर्न र नदीजन्य पदार्थको अभाव हुन नदिनका लागि १,१०,६४०.५४ घनफिट ग्राभेल र ६,७४,५१०.७७ घनफिट भस्कट चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडलाई उपलब्ध गराउने छ ।

    सम्झौताबाट रोयल्टी र २,७५,२४,२७६.९६, मूल्य अभिबृद्दी कर ३५,७८,१५६. र अग्रिम आयकर ४,१२,८६४.१५ राजश्व प्राप्त हुने नगरपालिकाले जनाएको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij