बुटवल,५ पुस । बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० (प्रदर्शनी मेला) सुरु भएको छ । एक्स्पोकाे आज दिउँसो नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।
रुपन्देही व्यापार संघको आयोजनामा भएको लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै नेता पौडेलले सरकार जिम्मेवारीबाट भाग्दा निर्माण पूरा भएका आयोजनाहरु सञ्चालन नभएको र निर्माणधिन आयोजना निकै सुस्त बनेको बताए ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुमा सरकार मुख्य दोषी रहेको आराेप लगाए । कुनै पनि हालतमा आफुहरुले विमानस्थल चलाउने बताउदै उनलेे नआत्तिन ब्यवसायीहरूलाई आग्रह गरे ।
पूर्व अर्थमन्त्री पौडेलले बुटवल नारायणगढ सडक निर्माणमा पनि चरम ढिलासुस्ती भएको बताए । उनले निर्माण कम्पनीले ढिला सुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बसेको आरोप लगाए । उनलेे बुटवल नारायणगढ सडकमा अब ढिलासुस्ती सह्य नहुने चेतावनी दिए ।
बुटवललाई आकर्षित र विकासशील सरकार बनाउन आफू अविछिन्न रुपमा लाग्ने उनले प्रतिबद्धता जनाए ।
रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल नगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि लगायतले बोल्दै बुटवलको अर्थतन्त्रमा मेलाले महत्वपूर्ण सहयोग गर्ने विश्वास ब्यक्त गरे ।
पुस १८ गतेसम्म चल्ने मेलामा ६ सय बढि स्टल राखिएको छ । लुम्बिनी एक्सोमा करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने आयोजकले बताएका छन
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij