लुम्बिनी पाना । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफुलाई हानेको मकैको खोया जनतालाई आश्वासन दिएको सपना पुरा नहुँदा सम्म सजाएर राख्ने उद्घोष गरेका छन्।
पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको थियो । लमजुङका सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेको बताइएको छ। रानाभाट कार चालक भएको बुझिएको छ।
सभापति लामिछानेले कार्यक्रममा बोल्ने क्रममा खोया प्रहार गर्नेलाई राम्रो काम गरेर आफूप्रति सकारात्मक बनाउने बताए। ‘ढुंगाले स्वागत गर्नेलाई म काममार्फत जवाफ दिएर आफूप्रति सकारात्मक बनाउँछु’ उनले भने। लामिछानेले बाटो नबिराउनका लागी आफुले चेतावनी पाएको बुझेको र जनताको सपना पुरा गर्न दत्तचित्त भएर लाग्ने समेत बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij