चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको नारायणगढदेखि बुटवलसम्म पदयात्रा सुरु गरेको छ ।
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आज बिहान गैँडाकोट पुल्चोकबाट पैदलयात्रा सुरु गरेको रास्वपाले जनाएको छ ।
‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको पैदलयात्रा अहिले केही बेरमा चितवनको नारायणगढ पुल्चोकबाट शुुरु हुनेछ । ३ दिनसम्म चल्ने यात्राका क्रममा ११३ किलोमिटर दूरी पार गर्ने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेका अनुसार नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइ र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे नजिकबाट बुझेर सरकारलाई ध्यानाकर्षण गर्ने तयारी छ ।
यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । पैदल यात्राका क्रममा पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij