मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्याब्सन देवदहको आयोजनामा ट्राफिक सचेतना एवं विद्यार्थीलाई मोटिभेसनल कार्यक्रम सम्पन्न

प्याब्सन देवदहको आयोजनामा ट्राफिक सचेतना एवं विद्यार्थीलाई मोटिभेसनल कार्यक्रम सम्पन्न

images
  • 540
    SHARES

  • images
    images
    images
    प्याब्सन देवदहको आयोजनामा ट्राफिक सचेतना एवं  विद्यार्थीलाई मोटिभेसनल कार्यक्रम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना । प्याब्सन देवदहको आयोजनामा विद्यार्थीलाई मोटिभेसनल कार्यक्रम एवं विद्यालयमा कार्यरत चालक तथा सह चालकलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई मोटिभेशनल कार्यक्रम सम्पन्न गरिएको हि । विद्यार्थीहरुलाई अनुशासित, संस्कारित सङ्गै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेशनल कार्यक्रम गरिएको प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले जानकारी दिनुभयो ।

    images
    images
    images

    कार्यक्रममा प्रशिक्षक एंव मोटिभेटर विष्णु प्रसाद देवकोटाले विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो । विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन, उनीहरुको ब्यक्तित्व बिकास, असल बानी ब्यवहार, अभिभावकप्रतिको जिम्वेवारी, संस्कार र संस्कृति, काम र पढाईबिचको समन्वय लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा प्याब्सन देवदहमा आबद्ध विद्यालयका ८५० जना बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षा ज्ञानको ज्योति भएको र शिक्षा विना जीवन अन्धकार रहेको बताउनुभयो । विद्यार्थीले अभिभावक तथा शिक्षकले भनेका कुरा मानेर अनुशासित भएर पढ्न समेत विद्यार्थीलाई आग्रह गर्नुभयो । निजि विद्यालय शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उपप्रमुख गुरुङले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको बताउनुभयो । 

    त्यस्तै प्याब्सन देवदहमा आवद्ध रहेका विद्यालयमा सवारी चालक र सह चालकको रुपमा कार्यरत कर्मचारीलाई ट्राफिक सम्बन्धि सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ । 

    सवारी साधन चलाउदा ध्यानदिनु पर्ने बिषय, ट्राफिक संकेतलगायतका बिषयमा चालक र सहचालकलाई सहजीकरण गरिएको थियो ।

    प्याब्सन देवदहका नगर अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचिव कृष्ण गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij