मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मेयर र वडा अध्यक्षको फेसबुकमा जुहारी

मेयर र वडा अध्यक्षको फेसबुकमा जुहारी

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    मेयर र वडा अध्यक्षको फेसबुकमा जुहारी
    images
    images
    images

    देवदह। देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन जिसी र नगर प्रमुख ध्रुव प्रसाद खरेल बिचको मन मुताव सामाजिक संजालमा छताछुल्ल भएको छ । 

    वडा अध्यक्ष जिसीले शुक्रबार साझ सामाजिक संजालमा स्टाटस लेखेका छन् 'प्रमुख त बनाए जनता ले ! दम हुनु पर्छ ! कायर हैन !' सोहि स्टाटस उनले दुई पटक दोहोर्याएका छन्। वडा अध्यक्षले स्टाटस लेखेपछि कमेन्टमा के भएको हो भनेर धेरै जनाले जिज्ञासा सहित प्रश्न गरेका छन्। 

    images
    images
    images

     

    No description available.

     

    केहि समय पछी अध्यक्ष जिसीले लेखेका छन् अति पछि ७ पटक, अर्थात उनको स्टाटस दोहोरिएर पोस्ट भए पछि यो पोस्ट लेखेको बुझ्न सकिन्छ। 

    पालिकाहरु हाल नगर सभा बस्ने तयारीमा छन् । केहि पालिकामा नगर अधिवेशनको पहिलो बैठक समेत बसिसकेको अवस्था छ । 

    नगरपालिका विकास निर्माणका सारथि वडा अध्यक्ष र नगर प्रमुख बीचको सामाजिक संजालमा देखिएको दोहोरीले नगरप्रमुख र वडा अध्यक्ष बिचको सम्बन्ध ठीकठाक संग नचलेको अनुमान लगाउन सकिन्छ। नगरवासीले पनि सोहि खालको जिज्ञासा राखिरहेको छन् 

    वडा अध्यक्ष जिसी यत्तिमै रोकिएका छैनन्। शनिवार बिहानै अर्को स्टाटस लेखेका छन् , प्रमुख जि ले वडा प्रमुख को फोन उठाउन र रिप्लाई गर्न पनि सक्दैनन् !, 

    नगर को कमसेकम महिना को २ पटक बैठक बसम भन्यो ! सन्चो छैन पोखरा छु कार्यकारी छैनन् भोलि बसमला यसरी चल्दैन ! जनता ले दैनिकी जनप्रतिनिधि खोजी रहेको छ !' 

     

    No description available.

     

    यसरि वडा अध्यक्षले लेखेका स्टाटस हेर्दा वडा अध्यक्षको फोन नगर प्रमुखले रिसिभ नगरेको र नगरपालिकाको बैठक पनि नियमित रुपमा बस्न नसकेको बुझ्न सकिन्छ। 

    धारा प्रबाह रुपमा अध्यक्ष जिसीले 'आफु खुशी आफ्ना खुशी तोक लगाउन हुने भन्दै अर्को प्रश्न गरेका छन् , ।

     

    No description available.

     

    भुमि हिन अव्यवस्थित सुकुम्बासी को काम हुन नसकेको उल्लेख गर्दै 'नियम कानुन नगर सरकार ले पनि बनाउन सक्छ ! बैठक नै नबसे पछि काहीँ नियम बन्छ ! भन्दै लेखेका छन्। 

    लगत्तै नगर प्रमुख ध्रुव प्रसाद खरेलले पनि सामाजिक संजाल फेसबुकमा प्रश्न गरेका छन् , 'जननिर्वाचितले पनि नियम कानुन पालन गर्नुपर्छ भन्नु के कायर हो ? भन्दै प्रश्न गरेका छन्। 

     

    No description available.

     

    जनताले चुनेका नगर सरकार र वडा सरकारका प्रमुख यसरि खुल्ला रुपमै बहसमा उत्रिए पछि स्थानीयले जिज्ञासा राखिरहेका छन् । विकास निर्माण संगै समृद्द देवदह नगर बनाउन हातेमालो गर्नुपर्ने बेला सामाजिक संजालमा दोहोरि खेल्नुपर्ने स्थिति किन आयो ? भएको के हो भनेर हामीले नगर प्रमुख खरेल र वडा अध्यक्ष जिसी समक्ष यथार्थ बुझ्ने प्रयास गर्यौ ।

    देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलका अनुसार नदिजन्य पदार्थको विषयलाई विवाद भएको बताएका छन् । हाल नदिजन्य पदार्थ उत्खननका लागि आईई भैरहेको र प्रतिवेदनको विस्तृत विवरण आए पस्चात कानुन सम्मत ढंगले नदिजन्य पदार्थ उत्खनन गरिने र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई हाल विस्तारकार्य भैरहेको बुटवल- नारायणगढ सडक खण्डमा आवश्यक पर्ने नदिजन्य पदार्थ दिइने सम्झौता भएको बताए ।

    आफू खुशी टोक लगाएको भन्ने आरोपको खण्डन गर्दै नगर प्रमुख खरेलले वडा अध्यक्षको सिफारिस विना टोक नलगाएको र कानुन र नियम विपरीत कुनै पनि कार्य नगरेको स्पष्ट पारे ।

    सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि समेत नापजाँच कार्य भैरहेको उल्लेख गरे ।

    वडा नम्बर ९ का वडा अध्यक्ष मोहन जिसिले विकास निर्माणका कार्यमा नदिजन्य पदार्थ निकाल्नका लागि अबरोध हुनु दु:खद रहेको बताए । 

    नगरपालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउदै अध्यक्ष जिसिले सुकुम्बासी समस्या समाधानका लागि काम अगाडि नबढेको, नगरपालिकालाई भर्ती केन्द्र बनाएको, स्वास्थ्य संस्थामा औषधिको व्यवस्थापन गर्न नसकेको बताए ।

    कार्यपालिका बैठकमा किन यस विषयमा कुरा उठाउन सक्नु भएन भन्ने लुम्बिनी पानाको प्रश्नमा महिनामा दुईपटक बैठक बस्नुपर्ने भएपनि कार्यपालिका बैठकनै बस्न नसकेको बताए ।

    जनतामा स्थायी सरकार आएपछि विकास हुन्छ भन्ने आशा छ, स्थायी सरकार नभएर विकास हुन सकेन भनेर राजनीतिक दललेनै भनेका हुन् ।

    स्थायी सरकार बनेको झण्डै साढे ६ वर्ष भैसकेको छ । पहिलो पाँच वर्ष जनप्रतिनिधिहरु नयाँ भएका कारण सिकाइमै बित्यो भनेर जनताले चित्त बुझाएका छन् ।स्थानीय तहको दोस्रो निर्वाचनको दोस्रो वर्षमा जनप्रतिनिधिहरु हिडिरहेका छन् ।

    समृद्ध नगर, वडा बनाउन नगर सरकार प्रमुख र वडा सरकार सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा एकआपसमा आरोपप्रत्यारोप र विवादमा उत्रिदा जनतामा गलत सन्देश जान सक्छ । जनताले तिरेको करको दुरुपयोग त भएको छैन भनेर प्रश्न उठ्न सक्छ । विकास निर्माण भएन भनेर आवाज उठाउन सक्छन् । तसर्थ समृद्ध देवदह नगर बनाउन नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु, कर्मचारीहरु सहकार्य गरेर अगाडी बढ्नुको विकल्प छैन ।

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij