देवदह। नेपाल मगर संघ देवदह नगर समितिको अध्यक्षमा मन बहादुर राना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । शनिबार देवदह स्थित नेपाल मगर संघको भवनमा सम्पन्न चौथों अधिबेशनले रानाको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो।

संघको उपाध्यक्षमा किशन बहादुर थापा, सचिवमा मिलन मास्की राना, सह सचिवमा चोली माया राना र कोषाध्यक्षमा बुद्दि माया राना निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा कुलबहादुर आले, गोकुल बुर्जामगर, केशवराज राना, गिरीप्रसाद थापा, देवबहादुर सारु, विष्णु बराल, खडकबहादुर पुन, गंगाबहादुर थापा, धनबहादुर बलाल, कुमारी पल्ली, निषा थापा, रुमीसरा राना, भुवन खासु, लोकमाया राना रहनु भएको छ । अधिवेशनले कृष्ण बहादुर थापाको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा फागुकुमारी सारु, ताराबहादुर थापा रहको निर्वाचन मण्डलका संयोजक जसबहादुर पुनले जानकारी दिए।
अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले अधिकार प्राप्तीको लागि सम्पूर्ण मगरहरु एकतावद्ध भएर लाग्नुको कुनै विकल्प नभएको बताएका छन् । मगर भाषालाई कानुनी मान्यता दिनको लागि सरकारी कामकाजको भाषाको रुपमा लैजान आवश्यक रहेकोमा उनले जोड दिए । विरकट्टाले चेतनाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिनेले भएकोले शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्न आवश्यक रहेको बताए । भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र मगरहरुको पहिचान स्थापित गर्न सकिने बताउदै यसको लागि राज्यले पनि लगानी गर्न आवश्यक रहेको बताए । विरकट्टाले मगरहरु अव आर्थिक विकासको लागि व्यवसायीक बन्न आवश्यक रहेको बताउदै बैदेशिक रोजगारमा मात्र नभई स्वदेशमै बसेर उत्पादन क्षेत्रमा लाग्न आवश्यक रहेको औल्याए।
नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय लेखा सदस्य जसबहादुर पुन, नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, देवदह नगरपालिका–२, का वडाअध्यक्ष दलबहादुर राकासकोटी, नेपाल मगर बौद्ध सेवा समिति लुम्विनी प्रदेशका उपाध्यक्ष नारायण गाहा, नेपाल नगर मगर संघ देवदह–७, का अध्यक्ष सञ्जय राना लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा अध्यक्ष शोभाकुमारी थापाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिलन मास्की रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मगर संघले अगाडि सारेका कार्यक्रमलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । नगर समिति सदस्य किशनबहादुर थापाको स्वागत र सचिव मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij