बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

५० करोडबढीको कारोवार गर्दै सकियो लुम्बिनी एक्स्पो

५० करोडबढीको कारोवार गर्दै सकियो लुम्बिनी एक्स्पो

सकियो लुम्बिनी एक्स्पो २०८० : कारोबार ५० करोड, दर्शक १० लाख

images
  • 346
    SHARES

  • images
    images
    images
    ५० करोडबढीको कारोवार गर्दै सकियो लुम्बिनी एक्स्पो
    images
    images
    images

    बुटवल । बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी केन्द्रमा रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते विहिवारबाट सुरु भएको लुम्बिनी एक्स्पो-२०८०, अन्तराष्ट्रिय व्यापार मेला बुधवार सकिएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरिएको एक्स्पोको आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमकावीच समापन गरिएको छ ।

    सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउन तयारी देखि समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा एक्स्पो सम्पन्न गरेको बताए ।

    images
    images
    images

    उनले एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पुरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केहि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु गरेका थिए । उनले एक्स्पोको आयोजना सम्पन्न गर्न मद्दत पुर्याउने सम्पूर्ण संघ-संस्था, संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, कर्मचारीहरु तथा अन्य महानुभावहरुलाई धन्यवाद दिए ।

    अध्यक्ष घिमिरेले मेलाका अवसरमा जातिय, भाषिक तथा सांस्कृतिक हिसावले हामी नेपालीहरुमा रहेको वलियो एकतालाई सन्देशमुलक बनाउने उद्देश्यले मेला स्थलमा बनाएको पर्यटन पार्कको प्रस्तुतिले नेपाली नेपालीलाई एकै मालामा बाधेको सन्देश पस्केको विश्वास व्यक्त गरे । उनले मेलाका अवसरमा कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विषेश आर्कषक बनाएको उल्लोख गर्दै कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गरिएको जनाए ।

    समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मुल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङकन समितिका सदस्य मुकुन्द ज्ञवालीले पुरस्कृतहरुको नामावली सार्वजनिक गरेका थिए ।

    सम्पूर्ण स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितिय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग, तिलोत्तमा भएका छन् ।

    त्यसैगरि स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ । त्यसैगरि महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा.लि. पुरस्कृत भएको छ ।

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले बर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउँन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउदै वर्तमान सरकार दिशाविहिन बन्दा विकासका काम अगाडी बढ्न नसकेको आरोप लगाए ।

    राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडी बढाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने उल्लेख गरे ।

    कार्यक्रमका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मेला सफलतापूर्वक सम्पन्न भएकोमा रुपन्देही व्यापार संघको पात्र भएको बताउदै आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानिय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाएका थिए ।

    मेला मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत तथा महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटा लगायतले बोलेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष प्रकाश ढकालले गरेका थिए ।

    सोही अवसरमा सहआयोजक, प्रर्बद्धक, सौजन्यकर्ताहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर र प्रशंसापत्र प्रदान गरिएको थियो ।

    मेलाको पुष ५ गते नेपाल सरकारका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति र ४५ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको थियो । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिव ६ सय स्टलहरु रहेका थिए । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, ¥याप लगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।

    समापनका दिन बुधबार पनि मेला स्थलमा दर्शकहरु अवलोकन गर्न ठूलो संख्यामा आएका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान अत्यधिक खरिद गरेको स्टलधनीहरुले जनाएका छन् । यस पटकको मेला अघिल्ला आयोजनाहरु भन्दा भिन्न र आधुनिक व्यवस्थापनका साथ ऐतिहासिक रुपमा सम्पन्न भएकोमा आयोजकहरुले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij