मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सन्दीप लामिछानेलाई ५ लाख क्षतिपूर्ति र ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई ५ लाख क्षतिपूर्ति र ८ वर्ष कैद सजाय

images
  • 941
    SHARES

  • images
    images
    images
    सन्दीप लामिछानेलाई ५ लाख क्षतिपूर्ति र ८ वर्ष कैद सजाय
    images
    images
    images

    लुम्बिनी पाना ।  जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो ।

    images
    images
    images

    २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।

    जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij