मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा माघ २ गते देखि प्याब्सन खेल महोत्सव, ९ विद्यालयका ७६५ विद्यार्थी सहभागी हुने

देवदहमा माघ २ गते देखि प्याब्सन खेल महोत्सव, ९ विद्यालयका ७६५ विद्यार्थी सहभागी हुने

images
  • 468
    SHARES

  • images
    images
    images
    देवदहमा माघ २ गते देखि प्याब्सन खेल महोत्सव, ९ विद्यालयका ७६५ विद्यार्थी सहभागी हुने
    images
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा प्याब्सन खेल महोत्सव हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन देवदहको आयोजनामा माघ २ गते मंगलबार देखि खेल महोत्सव हुने भएको हो ।

    सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउनको लागि अभिप्रेरित गर्ने उदेश्य सहित खेल महोत्सव आयोजना गर्न लागिएको प्याब्सन देवदहका सल्लाहकार खेल संयोजक बोधराज गौडेलले बताउनुभयो । प्रतियोगितामा प्याब्सन देवदहमा आबद्ध ९ विद्यालयका ७६५ विद्यार्थीहरुको सहभागीता रहने खेल संयोजक गौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी मध्ये २६६ जना विद्यार्थी पुरस्कृत हुनेछन् ।

    images
    images
    images

    महोत्सवमा ३ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समितिले जनाएको छ। सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र-छात्रालाई दौड, रिले दौड, छेलो, ज्याब्लिङ थ्रो, भलिवल लगायत फरक–फरक खेलहरु खेलाइने छ। सब जुनियर तर्फ कक्षा १ देखि ४ सम्मका, जुनियरतर्फ कक्षा ५ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् भने सिनियरतर्फ ८ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन्।

    प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले देवदहमा निजी क्षेत्रको पहलमा हुने सबैभन्दा ठूलो प्रतियोगिता प्याब्सन खेल महोत्सव भएको उल्लेख गर्दै खेल महोत्सवले विद्यार्थीलाई खेलमा आकर्षित गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । खेलको विकासको लागि विद्यार्थीहरू खेलजन्य गतिविधिमा सहभागी हुन आवश्यक रहेको महसुस गर्दै प्याब्सनले हरेक बर्ष खेल महोत्सव गर्दै आएको उहाँको भनाई छ ।

    कोभिड महामारीको समयमा तीन वर्ष रोकिएको प्याब्सन खेल महोत्सव रनिङ्ग शिल्ड कै रूपमा निरन्तर संचालन हुँदै आएको र यसलाई निरन्तरता दिने प्याब्सन देवदहले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij