देवदह। रुपन्देहीको देवदहमा प्याब्सन तेश्रो खेल महोत्सव सुरु भएको छ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन देवदह नगर समितिको आयोजनामा मंगलबारदेखि देवदह ५ स्थित पानाबारी खेल मैदानमा खेल महोत्सव सुरुभएको हो। प्याब्सनका केन्द्रिय कमिटी उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देमहोत्सवको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पन्थीले राज्यको शैक्षिक भार निजि विद्यालयले पनि ग्रहण गरिरहेको बताउदै निजी क्षेत्रका शिक्षण संस्थाले शैक्षिक क्षेत्रमा पुगाएको योगदान राज्यले कदर गर्नु पर्नेमा जोड दिनुभयो । उहाले विद्यालय स्तरका प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुदको विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डे, प्याब्सन केन्द्रिय कमिटी सदस्य लेखनाथ न्यौपाने, नेकपा एमाले रुपन्देही क्षेत्र नं १ का सह संयोजक प्रकाश अर्याल, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, देवदह बुद्ध पब्लिक आवसीय मा.विका संचालक समितिका अध्यक्ष जयकिशन अधिकारी, नेपाल रेड क्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण प्रसाद न्यौपाने, नेपाल पुस्तक व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद बस्याल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, अफिसियल रेफ्री अमृत काफ्ले लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।
प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेल संयोजक बोधराज गौडेलले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रम प्याब्सन देवदहका सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij