तिलोत्तमा नगरपालिका
तिलोत्तमा । आइतबारदेखि अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चोक-चोकमा दाउरा वितरण गरेको छ । सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै तिलोत्तमा अन्तर्गत प्रत्येक वडाहरुको चोक तथा सार्वजनिक स्थलमा दाउरा वितरण गरिएको हो ।
नगरपालिकाले दाउरा खरिद गरी ट्याक्टर तथा टिप्परमा बोकेर वडाका विभिन्न ठाउँमा पुर्याएको तिलोत्तमा नगरपालिका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले बताउनुभयो ।२ देवदह १० मा रहेको देवदह साझेदारी वनबाट दाउरा खरिद गरी जनतलाई चिसोबाट बचाउन दाउरा वितरण गरिएको उनले बताए ।
नगरपालिकाको २ वटा ट्याक्टर र एउटा टिप्परमा बोकेर योगीकुटी, मणिग्राम चोक, चार नम्बर, ड्राइभरटोल, नयाँ मिल, शंखरपुरा, भलवारी, मँगलापुर, पत्थर डाँडा, मधौलिया लगायतका चोकहरुमा दाउरा वितरण गरिएको छ । पालिका अन्तर्गत प्रत्येक वडा तथा सार्वजनिक स्थलहरुमा दाउरा वितरण हुने बताइएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij