नेकपा एमाले
माघ १४, देवदह । नेपाल कम्यूनिष्ट पार्टी (एमाले ) देवदह नगर कमिटीको दोश्रो अधिवेशन जारी छ । नगर अधिवेशन कार्यदलका संयोजक ध्रुव प्रसाद खरेलको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र पछि बन्द सत्र सुरु भएको थियो ।
नेतृत्वमा सहमति हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचीव, उपसचिव लगायत पदाधिकारीमा चुनाव हुने संकेत देखिएको छ ।
एमाले देवदह नगर अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ । नगर अध्यक्ष पदका लागि केशव भट्टराई, विष्णु अर्याल, राजन अधिकारी, चक्रपाणी तिवारी, कृष्ण पौडेल, बिष्णु ज्ञवाली र दिपक चापागाईंको उम्मेदवारी परेको छ ।
त्यस्तै उपाध्यक्ष पदका लागि सम्झना डुबे, कृष्ण प्रसाद अधिकारी, धन बहादुर सुनार, कोष बहादुर गुरुङ, पिताम्बर खराल र मन बहादुर थारुले उम्मेदवारी दिएका छन् ।
सचीव पदमा जगन्नाथ अधिकारी, अजय गुप्ता र गणेश डुम्रेकोको उम्मेदवारी परेको छ।
खुल्ला र महिला गरि २ उपसचिव पदका लागि महिला तर्फ अन्जु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने खुल्लातर्फ विकास गहतराज, चन्द्रकान्त खरेल, दाताराम अर्याल, प्रविन गौडेल, घनश्याम भण्डारी, खेम बहादुर चौहान र जगदीश तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।
नगर कमिटीको नेतृत्वको मनोनयन तथा निर्वाचनको प्रक्रिया अगाडि बढिरहेको निर्वाचन मण्डलले जनाएको छ ।
पदाधिकारीमा सहमति हुन नसकेपनी नगर सदस्य पदमा भने निर्विरोध निर्वाचित भैसकेका छन् । लेखा समितिको अध्यक्षमा प्रेम भण्डारी र उपाध्यक्षमा जसु पुन निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij