मंगलवार, आश्विन १३ गते २०८३
माघ १५, देवदह । नेपाल कम्यूनिष्ट पार्टी (एमाले ) देवदह नगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा केशव भट्टराई निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको मत परिणाम आए सङ्गै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपनी नामावली फिर्ता लिने समयमा अन्य ४ जनाले उम्मेदवारी फिर्ता लिएपछि केशव भट्टराई, कृष्ण पौडेल र बिष्णु अर्याल बिच चुनावी प्रतिस्पर्धा भएको थियो।
निर्वाचित भएका भट्टराईले ११८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका उम्मेदवार कृष्ण पौडेलले ५४ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार बिष्णु अर्यालले ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कोष बहादुर गुरुङ निर्वाचित भएका छन् । निर्वाचित भएका गुरुङले १०८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी सम्झना डुबेले ३५, पिताम्बर खरेलले ३३, मन बहादुर चौधरीले १९ र धन बहादुर सुनारले १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नगर सचीव पदमा गणेश डुम्रे निर्वाचित भएका छन् । सचीव पदमा निर्वाचित भएका डुम्रेले ९५ मत प्राप्त गरेका छन् । सचीव पदका उम्मेदवार अजय रौनियारले ७३ मत र जगन्नाथ अधिकारीले ४२ मत प्राप्त गरेका छन्।
उपसचिव पदमा चन्द्रकान्त खरेल (ध्रुव) निर्वाचित भएका छन् । उपसचिव पदमा निर्वाचित खरेलले ८८ मत प्राप्त गरे।
उपसचिव पदका अर्का उम्मेदवार घनश्याम भण्डारीले ५९ मत, दाताराम अर्यालले ३४ मत र खेम बहादुर चौहानले १० मत प्राप्त गरे ।
उपसचिव पदका लागि महिला तर्फ अन्जु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने नगर सदस्य पदमा समेत सर्वसम्मत निर्वाचित भैसकेका छन् ।
लेखा समितिको अध्यक्षमा प्रेम भण्डारी र उपाध्यक्षमा जसु पुन निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij