मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह जेसिजको आयोजनामा महायज्ञमा नि:शुल्क आखा शिविर

देवदह जेसिजको आयोजनामा महायज्ञमा नि:शुल्क आखा शिविर

images
  • 448
    SHARES

  • images
    images
    images
    देवदह जेसिजको आयोजनामा महायज्ञमा नि:शुल्क आखा शिविर
    images
    images
    images

    केशव पराजुली, देवदह । श्री बाघकुमार दुर्गा मन्दिर व्यबस्थापन समिति देवदह–९,भलुहिको आयोजनामा संचालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रिङ्गारिक महाआरती महोत्सव–२०८०, कार्यक्रम को अवसर देवदह जेसिजले निशुल्क आँखा शिविर गरेको छ । 

    महायज्ञमा दर्शन गर्न आउने श्रद्दालु भक्तजन हरुलाई लक्षित गरि देवदह जेसिजको आयोजना तथा श्रीकृष्ण नेत्रालय प्रा. लि. को प्राबिधिक सहयोगमा आईतबार १ दिने निशुल्क आखा शिबिर कार्यक्रम भएको हो उक्त शिविरमा जम्मा १९३ जनाले आँखा परिक्षण गराएको देवदह जेसिसका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिनु भयो । 

    images
    images
    images

    श्री कृष्ण नेत्रालय प्रा लिको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा ८ जनाको पुर्ण मोतिबिन्दुको समस्या देखिएर आँखा अस्पताल रिफर गरिएको, ६१ जनालाई मोतिबिन्दुको समस्याका कारण चस्मा प्रयोग गरि औषधिसमेत प्रयोगका लागि सुझाव दिइएकोे ७८ जनालाई सामान्य औषधि प्रयोग गर्न शिबिरबाटै निशुल्क बितरण गरिएको बाकी ४६ जनाको सामान्य रहेको श्रीकृष्ण प्राविधिक नेत्रालयका प्राविधिक मोलहु गुप्ताले गुप्ता जानकारी दिनु भयो ।

    करिब २७०० बर्ष पुरानो ईतिहास बोकेको मन्दिरलाई व्यवस्थित ढंगले भोैतिक विकास, अक्षकोष स्थापना तथा देशकै अग्लो मोैलो र मुख्य गेटमा २ वटा बाघ को शालिक बनाउने उदेश्य सहित महायज्ञ संचालन गरिएको हो । 

    माघ २३ गते सम्म संचालन हुने महायज्ञ सम्पन्न गर्नका लागि ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने १ करोड रकम संकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij