मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा आवासीय माविले पुरा गर्यो राष्ट्रिय सेवा दलको १०० दिने तालिम

सगरमाथा आवासीय माविले पुरा गर्यो राष्ट्रिय सेवा दलको १०० दिने तालिम

images
  • 545
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माविले पुरा गर्यो राष्ट्रिय सेवा दलको १०० दिने तालिम
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रम बिच नेपाल सरकारद्धारा सञ्चालित सि.संं. ४९ जुनियर डिभिजन एन.सि.सि प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

    तालीमको १०० दिनमध्ये विद्यालयमै हरेक दिन दुई घन्टाका दरले ७९ दिन र २१ दिन नेपालगञ्ज स्थित श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगरमा प्रशिक्षण लिएका थिए ।

    images
    images
    images

    विद्यालयमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षामा राष्ट्रभक्तिको सुगन्ध हुनुपर्ने कुरामा जोड दिदै प्रशिक्षार्थीले सिकेको ज्ञान र सीप यही देशको समृद्धिमा खर्चिनु पर्ने बताउनुभयो । सोहि अवसरमा प्रशिक्षक एल.सि.पि.एल रामिराम दयालले अनुशासनपूर्वक तालिम सम्पन्न गरी विभिन्न पुरस्कार र दर्जा प्राप्त गरेका विद्यार्थीहरुलाई भविष्यमा देशको सुरक्षा गर्ने महान् कार्यमा लाग्न प्रेरित गर्नुभयो ।

    तालिममा सहभागी विद्यार्थीहरु मध्ये अंकिता खनालले प्लाटुन जुनियर अण्डर अफिसर र श्रीस पौडेलले कम्पनी स्टाफको दर्जा हासिल गरेका थिए । त्यसैगरी सहभागी विद्यार्थीहरु ३ जना सर्जेन ५ जना कपरेल, ६ जनाले लेस कपरेल र २० जनाले क्याडेटको दर्जा प्राप्त गरेका थिए । तालिम समापनको पूर्व सन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा सगरमाथाका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका थिए ।

    कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा र एन सि.सि संयोजक जीवन तामाङ्गको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij