मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुद्द पब्लिकको वार्षिकोत्सब : समुदाय र अभिभावक लक्ष्यित कार्यक्रमलाई प्राथमिकता

बुद्द पब्लिकको वार्षिकोत्सब : समुदाय र अभिभावक लक्ष्यित कार्यक्रमलाई प्राथमिकता

images
  • 615
    SHARES

  • images
    images
    images
    बुद्द पब्लिकको वार्षिकोत्सब : समुदाय र अभिभावक लक्ष्यित कार्यक्रमलाई प्राथमिकता
    images
    images
    images

    लुम्बिनी पाना । रुपन्देहीको देवदह -५ मा अवस्थित देवदह बुद्द पब्लिक आवासीय माविले आफ्नो २२ औं वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाउने भएको छ। शनिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि वार्षिकोत्सबको अवसरमा विद्यालयले गर्ने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

     

    images
    images
    images

    20240210083742_IMG_0071.JPG

     

    विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलापको अलवा यस वर्ष अभिभावक र समुदाय केन्द्रित रहेर आफ्नो २२ औं वार्षिकोत्सब मनाउन लागेको प्रधानाध्यापक कृष्ण गैरेले जानकारी दिनुभयो। अभिभावक लक्ष्यित खेलकुद प्रतियोगिता, नाक, कान र घाटि रोग सम्बन्धि नि: शुल्क स्वास्थ्य शिविर र टोल सरसफाई गरिने प्राचार्य गैरेले बताउनुभयो। वार्षिकोत्सबको अवसरमा खाना महोत्सव र बिज्ञान प्रदर्शनी समेत हुनेछ।

    विद्यालयले २ गते सरस्वती पूजाको अवसरमा विशेष छुटका साथ विद्यार्थी भर्ना, सरस्वती पूजा एवं अक्षरारम्भ, ३ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, ५ गते अभिभावक खेलकुद, स्वास्थ्य शिविर गर्ने कार्यक्रम तय गरेको छ।

    विद्यालय आयोजना गरेको नवौं जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, ७ हजार र ५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    विद्यालयले २८,२९ र १ गते ३ दिन सम्म स्पोर्ट्स मिट आयोजना गरेको छ । मन्टेश्वरी शाखा र विद्यालयमा गरि हाल १९१० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा स्पोर्ट्स मिटमा सहभागी हुने विद्यार्थी मध्य २५० जना पुरस्कृत हुनेछन् ।

    फागुन ७ गते वार्षिकोत्सब मूल समारोहको दिनमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार, सास्कृतिक प्रस्तुति, नाटक प्रदर्शन लगायत विद्यार्थीले कला प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

    पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय किशन अधिकारीको अध्यक्षता र शिक्षक अनन्तराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij