मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मेलाको आकर्षण : मगर र गुरुङको पहिचान बोकेको परम्परागत घुमाउने घर

मेलाको आकर्षण : मगर र गुरुङको पहिचान बोकेको परम्परागत घुमाउने घर

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    मेलाको आकर्षण : मगर र गुरुङको पहिचान बोकेको परम्परागत घुमाउने घर
    images
    images
    images

    फागुन १,देवदह । देवदहमा यही माघ २५ गते देखि सातौँ देवदह मेला सुरु भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा देवदहमा रहेका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, जातीय पहिचान झल्काउने स्टल, कृषि बिज्ञान र प्रविधि, स्वदेशमै उत्पादित सामाग्रीका स्टलहरु राखिएका छन् ।

    मेलामा नेपाल मगर संघ देवदह नगर समितिले मगर र गुरुङको पहिचान सङ्ग जोडिएको परम्परागत घुमाउने घर निर्माण गरेको छ। गाउँ घरमा घुमाउने घर लोप हुन लागेको र भएका समेत जिर्ण अवस्थामा रहेको छ। मौलिक र परम्परागत संस्कृतिको संरक्षण र जगेर्ना गर्नका निमित्त घुमाउने घर निर्माण गरि प्रदशन गरिएको नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मन बहादुर थापाले जानकारी दिनुभयो ।

    images
    images
    images

    परम्परागत घरको निर्माण सङ्गै मगर सस्कृतीमा प्रयोग गरिने खानाका सामाग्री राखिएको छ। मौलिक रुपमा बनाइएको मगर घर सङ्गै राखिएको मौलिक संस्कृति झल्किने डोको,नाम्लो ,खुर्पेतो, पेरुङ्गो,ठेकी,डालो, मदानी, गाग्री,चकटी, माना, बटुको, करुवा,ओदान ताउलो ,लालटिन, हलो जुवा, ढिकी, सुपो, मौरीको घार,झातो, मादल, फर्सी परेवाको खोर (गंज) आदि मेला घुम्न आउने दर्शकको रोजाई बनेको अध्यक्ष थापाको भनाई थियो।३ करिब ३५ हजार खर्च गरि बनाएको मगर घरमा मेलाको पाचौं दिन सम्म आइपुग्दा करिब २० हजार बढीले अवलोकन गरेको नेपाल मगर संघ देवदह नगर समितिका सचीव मिलन माश्की रानाले जानकारी दिनुभयो ।

    स्टलमा राखिएको परम्परागत सामाग्री बारे नयाँ पुस्ता अनभिज्ञ भएको र चासोका साथ जिज्ञासा राख्ने गरेकोले मगर घर अवलोकन गर्न आउने दर्शकलाई प्रदर्शनीमा राखिएका मौलिक सामाग्रीको महत्व, विशेषता र प्रयोगका बारेमा जानकारी दिने गरिएको सचीव राना मगरले बताउनुभयो।

    मौलिक घरमा भान्सा घर राखिएको छ । उक्त भान्सा घरमा बिभिन्न परिकारहरु बटुक, सेल, तरुल आदि बनाएर बिक्रि वितरणका लागि राखिएको छ ।दर्शकहरु परम्परागत घुमाउने घरको अवलोकन सङ्गै मगर रैथाने खानाको स्वादिष्ट परिकारमा समेत झुम्ने गरेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij