मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह महोत्सवमा चर्चित गायक प्रकाश दुतराज आउँदै

देवदह महोत्सवमा चर्चित गायक प्रकाश दुतराज आउँदै

images
  • 570
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवमा चर्चित गायक प्रकाश दुतराज आउँदै
    images
    images
    images

    ४ फागुन, देवदह । देवदह ९ को घोडाहा स्थित देवदह मण्डपमा माघ २६ गते देखि सुरु भएको आठौं देवदह व्यापार मेलामा आज शुक्रबार चर्चित लोक तथा दोहोरी गायक प्रकाश दुतराजको प्रस्तुति रहने सांस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिएका छन् ।

     

    images
    images
    images

    FB_IMG_17080537899585997.jpg

     

    प्रकाश दुतराज पछिल्लो पुस्ताका चर्चित गायक हुन् ।मौलिक कथावस्तु समेटेर गित रचना तथा भिडियो रचना गर्ने दुतराजको रिमै, घर कता हो बैनिको, चोली मैलै भो लगायतका गित चर्चित छन् ।

    आज गायक दुतराजको अलवा नवराज थापा, सुरेश विसि अन्जान, सन्दीप न्यौपाने, गायिका रितु शाही, बेलि डान्सर बन्दना विश्वकर्मा लगायतको प्रस्तुती रहने संयोजक अर्यालले जानकारी दिए। फागुन ८ गते सम्म संचालन हुने मेलामा दुई दर्जन बढी चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

    'कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार' भन्ने मूल नारा सहित देवदह उद्योग वाणिज्य संघको आयोजनामा संचालित मेलामा १ लाख दर्शक भित्र्याउने र १० करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजक देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij