मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

महामाया भवानी माविको स्वर्ण जयन्ति : बुद्द पब्लिकलाई भलिबल प्रतियोगिताको उपाधि

महामाया भवानी माविको स्वर्ण जयन्ति : बुद्द पब्लिकलाई भलिबल प्रतियोगिताको उपाधि

images
  • 396
    SHARES

  • images
    images
    images
    महामाया भवानी माविको स्वर्ण जयन्ति : बुद्द पब्लिकलाई भलिबल प्रतियोगिताको उपाधि
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह -४ मा अवस्थित महामाया भवानी माविको स्वर्ण जयंती एबम् वार्षिक उत्सव को दोश्रो दिन विभिन्न खेल प्रतियोगिता साथै सांगीतिक कार्यक्रम गरि सम्पन्न भएको छ । आईतबार सम्पन्न भलिबल खेलमा बुद्ध पव्लिक मा.वि खैरेनी प्रथम भएको छ । फाइनल खेलमा जनप्रिय मा.वि भलुही लाई २-० को सोझो सेटमा हराउदै बुद्ध पव्लिक मावि ले उपाधी जितेको हो । 

    बिजेता टोलि बुद्ध पव्लिक मावि ले नगद ९ हजार सहित सिल्ड, मेडल प्रमाण पत्र हात पारेको छ भने, दृतिय भएको जनकल्याण माविले नगद ७ हजार सहित सिल्ड, मेडल प्रमाण पत्र तथा तेस्रो भएको केरवानी मा. वि ले नगद ५ हजार सहित सिल्ड, मेडल प्रमाण पत्र हात पारेको खेल संयोजक विराज क्षेत्रीले बताए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आईतबार भएको नगर स्तरीय अन्तर भलिबल प्रतियोगिताको फाइनल खेलको देवदह नगरपालिका प्रमुख धुर्ब प्रसाद खरेलले बिजयी टिमलाई पुरस्कार वितरण गरे। सप्ताहव्यापी कार्यक्रमको शनिबार एक कार्यक्रमकाबीच देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका हुन्। 

    images
    images
    images


    फागुन १८ गते स्वर्ण महोत्सव मूल समारोह आयोजना गरेको विद्यालयले सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन नगर स्तरीय भलिबल खेल सम्पन्न गरेको हो । त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार तेस्रो दिन सांस्कृतिक कार्यक्रम सहित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, नगर अन्तर चित्रकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम हुने मुल आयोजक समिती का अध्यक्ष छविलाल घर्ती जी. सीले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij