मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा विविध कार्यक्रमको आयोजना गरि ४२ औं मगर स्थापना दिवस मनाइने

देवदहमा विविध कार्यक्रमको आयोजना गरि ४२ औं मगर स्थापना दिवस मनाइने

images
  • 456
    SHARES

  • images
    images
    images
    देवदहमा विविध कार्यक्रमको आयोजना गरि ४२ औं मगर स्थापना दिवस मनाइने
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा विविध कार्यक्रमको आयोजना गरि ४२ औं मगर स्थापना दिवस मनाइने भएको छ। आइतबार नेपाल मगर संघ देवदह नगर समितिले पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको विषयमा जानकरी गराएको हो। 

    पत्रकार सम्मेलनमा नेपाल मगर संघ देवदहका अध्यक्ष मन बहादुर राना मगरले यहि फागुन १५ गते मगर एकता दिवसको अवसरमा देवदहको पानाबारीमा वृहत झाँकी भेषभुषा सहितको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

    images
    images
    images

    मगर दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम, बटुक, सेलरोटी लगायत खानाका परिकार, बिभिन्न खेलकुदका कार्यक्रम, राष्ट्रिय कलाकार सित थापा मगर लगायत स्थानीय कलाकारको प्रस्तुति, जेष्ठ नागरिकलाई सम्मान तथा जेहेन्दार बिद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष राना  मगरले  जानकारी दिनुभयो । 

    कार्यक्रममा संस्थाका उपाध्यक्ष किशन बहादुर थापा, कोषाध्यक्ष बुद्दि माया राना, लेखा समिति सदस्य तारा बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष नारायण श्रीस मगर लगायतको उपस्थिति रहेको थियो। 

    कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी चौधरी आउने कार्यक्रम रहेको छ। 

    कार्यक्रम संस्थाका अध्यक्ष  मन बहादुर राना मगरको अध्यक्षता र सचिव मिलन माश्की राना मगरको संचालनमा सम्पन्न भएको थियो। 

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij