सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

समय अगाबै निर्माण सम्पन्न गर्ने 'नमुना ठेकेदार'

समय अगाबै निर्माण सम्पन्न गर्ने 'नमुना ठेकेदार'

लुम्बिनी बौद्ध विश्वविद्यालयको २ तले शैक्षिक एवं प्रशासनिक भवन पाँच महिना अगाडिनै निर्माण सम्पन्न भएको छ ।

images
  • 320
    SHARES

  • images
    images
    images
    समय अगाबै निर्माण सम्पन्न गर्ने 'नमुना ठेकेदार'
    images
    images
    images

    फागुन १४, देवदह । तोकिएको समयमा काम नहुने परिपाटी विपरित लुम्बिनी बौद्ध विश्वविद्यालयको २ तले शैक्षिक एवं प्रशासनिक भवन पाँच महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । नेपालमा धेरै निर्माण आयोजनाहरु ढिलासुस्ती र भ्रष्टाचार तथा सुस्तताले थिलथिलो भएर रुग्ण अवस्थामा पुगेकोे बेला विश्व विद्यालयको प्रशासनिक भवन समय अगाबै निर्माण सम्पन्न भएको हो ।

     

    images
    images
    images

     

     

    देशका धेरै ठाउँमा आयोजनाहरु अलपत्र छन, कतिपय आयोजनाहरु ठेकेदारको बेवास्ताको शिकार बनेका छन् त कुनै स्थानीयको अवरोधले सिथिल बनेका छन् । देवदहमा बनेका सडक, पुल, सार्वजनिक भवन, अस्पताल र बनेका भवन समेत संचालनमा आउन नसकेको बेला विश्व विद्यालयको भवन सम्पन्न हुनु उदाहरणिय रहेको छ। 

    सात करोड १६ लाख २९ हजार ८२८ रुपैयाँमा बिएम कन्स्ट्रक्सन नुवाकोटले भवन निर्माणको ठेक्का पाएको थियो। २०८० साउन १४ गते शिलान्यास भएको विश्व विद्यालयको भवन २०८१ को असार मसान्त सम्म बनाइसक्ने सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको एक वर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने भए पनि सम्झौता अवधिभन्दा पाँच महिना अघिनै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरिएको बिएम कन्स्ट्रक्सनका निर्देशक रमेश बस्नेतले बताए।

    करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयले पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ । विश्वविद्यालयले हाल देवदहमा डिन कार्यालय अन्तर्गत स्नातक तहमा विकास उद्यमशीलता कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै स्थानीयलाई रोजगार र आम्दानी सङ्ग जोड्न समुदाय सङ्ग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ।

    20240223152821_IMG_0310.JPG 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij