मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथाले उचाल्यो दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उपाधी

सगरमाथाले उचाल्यो दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उपाधी

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    सगरमाथाले उचाल्यो दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उपाधी
    images
    images
    images

    गोविन्द घर्ती, देवदह । रुपन्देहीको देवदहमा संचालित दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उपाधी सगरमाथा आवासीय माध्यमिक विद्यालयले हात पारेको छ । प्रतियोगिता अन्र्तगतको फाईनल खेलमा देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयलाई हराउदै सगरमाथा आवासीय माध्यमिक विद्यालयले उपाधी हात पारेको हो । देवदह नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता देवदह क्षेत्रका १६ वटा विद्यालयको सहभागिता रहेको थियो । 

     

    images
    images
    images

    IMG-20240306-WA0011.jpg

     

    फाइनलमा ३ सेट जित्दै सगरमाथा आवासीय माध्यमिक विद्यालयले उपाधी संगै नगद ४० हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले २५–१४, २५–२३, २५–१७ को सोझो सेट जित्न सफल भएको थियो । खेलमा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनि जित्न नसकेपछि उपविजेतामा चित्त बुझाएका छन् । उपविजेता बने संगै देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद ३० हजार र ट्रफी प्राप्त गरेको छ । 

    यसैगरी प्रतियोगितामा देवदह माध्यमिक विद्यालय तृतिय भएको छ । तेश्रो स्थानको लागि भएको खेलमा देवदह बोडिङ्ग स्कुललाई हराउदै तृतिय भएको हो । खेलमा देवदह माध्यमिक विद्यालयले २५–१८, २५–१९, २५–१९ मा तिन सेट जित्न सफल भएको थियो । खेलमा देवदह बोडिङ्ग स्कुलले २८–२६ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा तृतिय हुने देवदह माध्यमिक विद्यालयले नगद २० हजार, ट्रफी संगै खेलमा सान्त्वना भएको देवदह बोडिङ्ग स्कुलले नगद १० हजार प्राप्त गरेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिनु भयो ।

    प्रतियोगितामा विद्यागत खेलाडीलाई समेत सम्मान गरेको छ । खेलमा बेस्ट व्लकर सगरमाथाका एलिना कार्की, बेस्ट सेटरमा बुद्ध पव्लिकका अञ्जली कुवर, उदयमान खेलाडीमा देवदह बोडिङ्गका एलिना थापा, बेस्ट सर्टरमा देवदह माविका कुशुम थापा, वेस्ट प्लेयरमा सगरमाथाका विष्णु पोखरेल, अनुशासित खेलाडीमा सगरमाथाका भिम विक, बेस्ट स्पाईकरमा बुद्ध पव्लिकका पिंयका पुन, बेस्ट डिफेण्डरमा बुद्ध पव्लिकका ईशिका थापा तथा वेस्ट प्रशिक्षकमा सगरमाथाका सुजाता राना पुरस्कुत भएका छन । 

    प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । उहाले प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सकिने बताउदै खेलाडी उत्पादन संगै संरक्षण गर्न नगरपालिका लागि रहेको बताउनु भयो । उहाले खेलकुदको माध्यमबाट युवाहरुलाई एकता गराई गलत क्रियाकलाप तर्फ जान रोक्ने बताउनु भयो । नगर प्रमुख खरेलले खेलकुदको माध्यमबाट आर्थिक विकास गर्दै जिविकोपार्जन गर्न सकिनेमा जोड दिनु भयो । 

    नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij