मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको महामाया भवानी माविमा शैक्षिक सामाग्री वितरण एवं रक्तदान कार्यक्रम

देवदहको महामाया भवानी माविमा शैक्षिक सामाग्री वितरण एवं रक्तदान कार्यक्रम

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    देवदहको महामाया भवानी माविमा शैक्षिक सामाग्री वितरण एवं रक्तदान कार्यक्रम
    images
    images
    images

    देवदह। रुन्देहीको देवदहमा रक्तदान कार्यक्रम भएको छ । आमनागरिकको रगत अभावका कारण मृत्यू हुनबाट रोक्ने उद्धेश्यका साथ नेपाल तरुणदल देवदह नगर समितिले स्व. अनिस पुरीको पाँचौ स्मृति दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रम गरेको हो । तरुण दलका संस्थापक अध्यक्ष तथा देवदह ९ का वडा अध्यक्ष मोहन बहादुर जिसीको अध्यक्षमा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अब्दुल रज्जाकले स्व.पुरीको योगदान युवाहरुको लागि प्रेरणादायी रहेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रज्जाकले बर्तमान अवस्थामा तरुण दलले पुरी स्व. पुरीको योगदानको अनुसरण गर्नु पर्ने बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा २८ यूनिट रगत संकलन भएको भिम अस्पताल भैरहवाका ब्लड बैंक फोकल पर्सन रविन्द्र कुमार लोधले जानकारी दिनु भयो । 

    images
    images
    images

    सोही कार्यक्रममा स्व.पुरीका  बुवा लोमस पुरी, आमा यम कला पुरी, जेठी छोरी डाक्टर श्रृजना पुरी कान्छी छोरी अनिशा पुरी लगायतले अनिस पुरीको सम्झनामा महामाया भवानी माविका ५० जना विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । कार्यक्रम संंयोजक भुवन खासुको स्वागत, लोमस पुरीको धन्यबाद ज्ञापन तथा  तरुण नेता गोपाल प्रसाद भण्डारीको संचालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सहसचिव बासुदेव रिमाल, क्षेत्रिय सभापति हिरा बहादुर खत्री, नगर सभापति गुणाखर भुर्तेल लगायतले मन्तब्य राख्नु भएको थियो । 

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij