मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवल उपमहानगरपालिकाले दियो बुटवलबासीलाई बधाई तथा धन्यवाद

बुटवल उपमहानगरपालिकाले दियो बुटवलबासीलाई बधाई तथा धन्यवाद

images
  • 387
    SHARES

  • images
    images
    images
    बुटवल उपमहानगरपालिकाले दियो बुटवलबासीलाई बधाई तथा धन्यवाद
    images
    images
    images

    बुटवल । आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएको बुटवल उपमहानगरपालिकाले बुटवलबासी स्थानीयलाई बधाई तथा धन्यवाद दिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका नगरपालिकामध्ये सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएकोमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबासीको साथ, सहयोग र समर्थनमा बुटवल उत्कृष्ट हुन सम्भव भएको भन्दै धन्यवाद दिएका हुन् ।

    बुधबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख पाण्डेयले नेपाल नगरपालिका संघले प्रदान गरेको अवार्ड बुटवलबासीमा समर्पित गर्ने र आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल नगरपालिका संघले बुटवललाई स्थानीय आर्थिक विकासमा ९५ प्रतिशत अंक प्राप्त गर्दै सर्वोत्कृष्ट भएकोमा मंगलबार काठमाडौंमा पुरस्कृत गरेको थियो । 

    images
    images
    images


    देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै प्रमुख पाण्डेयले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबै सरोकारवालालाई धन्यवाद दिए । उनले बुटवललाई सबै क्षेत्रमा अब्बल बनाउनका लागि प्रयत्नरत रहेको भन्दै बुटवलबासीको चाहना र आवश्यकतालाई सधै प्राथमिकता दिएको बताए ।

    ‘बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएका छौं। त्यसका लागि केही योजना अघि सारेका छौं, जुन कार्यान्वयनका क्रममा छन्’-उनले भने-‘पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसलाई थप प्रभावकारी बनाउदै काम गर्नेछौं ।’

    ’हाम्रो मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने, चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो । संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम परिचालन तथा दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाइ हासिल गर्नेछौं’-उनले भने ।

    सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अघि बढाइएको नगरप्रमुख पाण्डेयले बताए। ‘विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवासुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो,’ नगरप्रमुख पाण्डेयले भने । उनका अनुसार उपमहानगरले आफ्ना नागरिकका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरेको छ ।

    प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij