देवदह । देवदहमा बृहत धम्मयात्रा हुने भएको छ। चैत्र ४ गते नेपाल, थाइल्याण्ड, भारत, श्रीलंका र जापान बाट आएका भिक्षु तथा भिक्षुणीहरुको सहभागितामा आइतबार देवदहमा धम्मयात्रा हुने भएको हो ।
धम्म यात्रा देवदह ८ टटेरा स्थित लुम्बिनी बौद्द विश्व विद्यालयबाट सुरु हुने धम्मयात्रा, देवदह ८ बंगाली, देवदह ७ को बैरिमाई, कन्यामाई, पाकड़ी बृक्ष, बुद्द चोक हुदैं देवदह -५ पनाबरी स्थित देवदह बौद्द बिहारमा पुगेर भोजन दान पश्चात समापन हुनेछ।

लुम्बिनी बौद्द विश्व विश्व विद्यालयमा बिहान ७:३० बजे लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले धम्मयात्रामा निस्कने भिक्षु तथा भिक्षुणीहरुलाई विदाई गर्ने कार्यक्रम रहेको यशोधरा भिक्षुणी निर्माण समितिका संयोजक यम रानाले जानकारी दिए।
धम्म यात्रामा सरिक भएका भिक्षु तथा भिक्षुणीहरुलाई आदिवासी जनजाती महासंघ देवदह नगर समिति, भूतपूर्व सनिक परिवार, नेपाल मगर संघ नगर समिति, नेवा : पुच, नेपाल मगर संघ वडा समिति, मगर बाजा लगायत संघ संस्थाले विभिन्न ठाउँमा स्वागत तथा समन्वय गर्ने देवदह बौद्द बिहारका अध्यक्ष भविन्द्र थापा मगरले जानकारी दिए।
देवदह नगरपालिका, देवदह बौद्द बिहार-५ , यशोधरा भिक्षुणी बिहार देवदह -७, नेपाल मगर संघ बौद्द सेवा समाज देवदह लगायत बिभिन्न संस्थालेले धम्म यात्रा सम्पन्न गर्नका लागि सहयोग गरेको बताइएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij