देवदह विशेष
देवदह । रुपन्देहीको देवदहमा श्रामणेर अल्पकालीन भिक्षुहरुको धम्मयात्रा सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहह–८, टटेराबाट सुरु भएको धम्मयात्रा देवदह–५, पानवारीमा रहेको बौद्ध विहारमा आएर सम्पन्न भएको हो ।

धम्मयात्रा देवदह नगरपालिका प्रमुख ध्रुब प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण, देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, लुम्विनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु, नगर प्रबक्ता गणेश डुम्रे , संघ संस्थाका पदाधिकारी, स्थानीय वासीको सहभागिता रहेको थियो।

देवदह- ८ टटेरा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रांगणबाट भएको धम्मयात्रा बंगाली, शान्तिनगर, कन्यामाई, बैरीमाई, पाकरी वृक्ष, खैरेनीको बुद्ध चोक हुदै पानवारीमा रहेको बौद्ध विहारमा आएर समापन भएको थियो । धम्मयात्रामा सहभागि अल्पकालिन भिक्षुहरुको लागि देवदह नगरपालिकाको सहयोगमा देवदह बौद्द बिहार देवदह, नेपाल मगर संघ देवदह नगर समितिले भोजनको व्यवस्थापन गरिएको थियो ।

अखिल नेपाल भिक्षु महासंघ एवं थाई धर्मदुत भिक्षु ईण्डिया नेपालको आयोजना र लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या अल्पकालीन भिक्षु गराईएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिने र समुदाय तह सम्म बौद्ध शिक्षालाई पुर्याउने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनु भयो । लुम्बिनी सङ्गै देवदहको पर्यटन विकासमा समेत महत्त्वपूर्ण योगदान हुने उहाँको भनाई थियो ।

देवदहमा भएको धम्मयात्राले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेलले बताउनु भयो । उहाका अनुसार देवदह भगवान गौतम बुद्धको मावली स्थल रहेको र यस्ता क्रियाकलापले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने बताउनु भयो । धम्मयात्राले बुद्धजन्मस्थल संगै मावली क्षेत्रको प्रचार प्रसारसँगै बौद्ध गतिविधिलाई प्रबर्दन गर्ने उहाँको भनाई थियो।
धम्मयात्रा चैत्र ८ गते समापन हुने बताइएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij