मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनता माविमा उज्यालोको दन्त शिविर : १४२ जनाको नि:शुल्क दन्त परिक्षण

जनता माविमा उज्यालोको दन्त शिविर : १४२ जनाको नि:शुल्क दन्त परिक्षण

images
  • 377
    SHARES

  • images
    images
    images
    जनता माविमा उज्यालोको दन्त शिविर : १४२ जनाको नि:शुल्क दन्त परिक्षण
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ८ मा रहेको जनता माध्यमिक विद्यालयमा नि:शुल्क दन्त परिक्षण गरिएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र विजय डेन्टल होमको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    एक दिवसिय निशुल्क दन्त शिविरमा विद्यालयका छात्रा–छात्र, अभिभावक गरि १४२ जनाले दन्त परिक्षण गराएका थिए । शिविरमा दन्त रोग, मुख तथा दाँतको हेरचाहा र हुन सक्ने स्वास्थ्य समस्याका कारण, लक्षण र उपचार विधिबारे र दाँत सम्वन्धि समस्या भएकाहरुलाई औषधी वितरण गरिएको थियो।

    images
    images
    images

     

    shiver.jpeg

     

    कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेयले विद्यार्थीमा दाँत सफाइबारे चेतना अभिवृद्धि गर्न यस खालको कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाले समस्या आउँदा मात्र नभई दन्त परीक्षण समय समयमा गर्न आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डे, समाजसेवी प्रमोद खनाल, विजय डेन्टल होमका प्रोपराइटर डा.विजय अमगाई लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

    बालबालिकामा दाँत किराले खाने समस्या बढी हुने र जनचेतनाको अभाव हुदाँ स्वास्थ्य संस्था जाने बानीसमेत नहुने भएकाले सचेतनाको लागि शिविर राखिएको कार्यक्रम संयोजक एलिना हमालले बताउनुभयो। कार्यक्रम प्रतिष्ठानको सदस्य यमकला बलालको अध्यक्षता र सदस्य मुकेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij