मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको भवानीपुरमा राम नवमिको अवसरमा ३ दिन मेला लाग्ने

देवदहको भवानीपुरमा राम नवमिको अवसरमा ३ दिन मेला लाग्ने

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    देवदहको भवानीपुरमा राम नवमिको अवसरमा ३ दिन मेला लाग्ने
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका -४ स्थित भवानीपुरमा ३ दिन मेला लाग्ने भएको छ । बैशाख ३ गते देखि ५ गते सम्म भवानीपुरमा रामनवमी मेला लाग्ने भएको हो । रामनवमिको अवसरमा ऎतिहासिक मेला यस पटक ३ दिन सम्म संचालन हुने कोलिय राज्य क्षेत्र विकास समितिका अध्यक्ष लिला बल्लभ भट्टराई जानकारी दिनुभयो ।

     

    images
    images
    images

    bhawanipur.jpeg

     

    ३ दिन सम्म संचालन हुने मेलाको पहिलो दिन मेलाको उद्घाटन संगै थारु समुदायको प्रचलित खेल टिकुलि दौड प्रतियोगिता संचालन हुनेछ । त्यस्तै सोहि दिन आमा समूह, टोल विकास संस्था लगायतको सहभागितामा रसि टान्ने खेल संचालन हुनेछ ।

    मेलालाई पृथक र ऎतिहासिक बनाउन मेलाको दोस्रो दिन भजन प्रतियोगिता संचालन हुने छ। नयाँ पुस्तालाई संस्कृतिको विषयमा ज्ञान हासिल गराउदै संस्कृति र पहिचानको जगेर्ना गर्ने हेतुले भजन प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । भजन प्रतियोगिताको व्यवस्थापन उज्योलो लालटिन प्रतिष्ठानले गर्ने जनाइएको छ । 

    मेलाको तेस्रो दिन मूल समारोह भएकोले उक्त दिन विभिन्न जातजाति, समुदायको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । साथै नेपालका बिभिन्न जिल्लाका साथै भारतबाट समेत मिठाईका परिकार बिक्रि वितरणका लागि राखिनेछ। सांस्कृतिक  कार्यक्रम, प्रतियोगिता संचालन, सुरक्षा व्यवस्थापन, पार्किङ तथा मेलालाई चुस्त दुरुस्त बनाउन विभिन्न समिति तथा उपसमिति बनाएर तयारी थालिएको अध्यक्ष भट्टराईले बताउनुभयो । 

    देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले विगतमा वडाले मेल सम्पन्न गर्नका निमित्त सहयोग र सहकार्य गरेको बताउदैं यस पटक पनि मेला सम्पन्न गर्नका लागि वडाले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । देवदह प्रहरी चौकिका इन्चार्ज डाक्टर प्रसाद चौधरीले मेलाको सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाइने बताउनुभयो। 


    भावानीपुरमा लाग्ने चैते दशैँ मेलाको इतिहास,महत्व र बिशेषता 

    देवदहको भवानीपुरमा लाग्ने चैते दशै/रामनवमी मेलाको बिशेष महत्व रहेको छ। मेला कहिले देखि लाग्न सुरु भएको उल्लेख नभए पनि तत्कालीन केरवानीका जमिन्दार भनेर चिनिने महेन्द्र बहादुर मुनाङ्कमीका हजुर बुवा हिक्मत बहादुर मुनाङ्कमीले हाल मेला लाग्ने क्षेत्रमा संसारीमाईको पूजापाठ गर्दै आएको र पछि मायादेवी मन्दिर क्षेत्रको उत्खनन भए पछि सोहि क्षेत्रमा राम नवमी मेला लाग्दै आएको स्थानीय बताउछन् । 

    भवानीपुरमा २०६८ सालमा उत्खनन गर्दा मायादेवीको दरबार संग सम्बन्धित अवशेष भेटिएको र उक्त उत्खनन गरिएको क्षेत्रलाई संरक्षण गरेर राखिएको छ। मेला कहिले देखि सुरु भयो मेला सम्बन्धि वास्तविक इतिहास खोज्न अध्ययन,अनुसन्धान हुनु जरुरि छ। 


    मेलाको विशेषता 

    मेलामा विशेष गरि मिठाईका परिकारहरुको मूख्य आकर्षण रहने गर्छ। स्थानीय तथा छिमेकी जिल्ला नवलपरासी र पाल्पा बाट समेत मेला भर्न सयौं भक्तजन मन्दिर परिसरमा आउने गर्छन। मेलालाई बिशेष बनाउन सांस्कृतिक कार्यक्रमहरु समेत हुने गर्छ। यस अघि ड्रिम देवदहले मेलाको अवसर पारेर गौतम बुद्द,मायादेवी र देवदहका ऐतिहासिक स्थलहरुलई समेटेर फोटो प्रदर्शनी गरेको थियो। 

    रुपन्देही, नवलपरासी,कपिलबस्तु र भारत समेत बाट गरि ५ सय भन्दा बढी मिठाईका स्टलहरु, बिभिन्न जातिय परिकारका स्टलसंगै दैनिक उपभोग्य सामाग्रीको स्टल समेत रहने छ। 

    यस बर्ष के-के हुँदैछ ?

    यस वर्ष मेलाको अवसर पारेर भजन प्रतियोगिता, थारु संस्कारको प्रख्यात खेल टिकुली दौड, स्थानीय संस्कृति झल्काउने विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति, स्थानीय गायन तथा नृत्यका आइडलका साथै अतिथि कलाकारहरुको प्रस्तुति, स्थानीय साङ्गितिक ब्याण्डको प्रस्तुति, स्वदेश तथा छिमेकी मुलुकका व्यावसायिक स्टलहरुको प्रदर्शनी हुँदैछ ।

    साथै स्वतन्त्र भूत पूर्व सैनिक कल्याणकारी परिवार, नेपला मगर संघ, स्थानीय आमाम समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर,प्राथमिक उपचार मेला भर्न आउने भक्तजनलाई निशुल्क पानीको व्यवस्था समेत गरिएको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij