मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

न्यु लुम्बिनी बोर्डिङ स्कुल र श्रीकृष्ण पोलिक्लिनिक बीच स्वास्थ्योपचार सम्झौता

न्यु लुम्बिनी बोर्डिङ स्कुल र श्रीकृष्ण पोलिक्लिनिक बीच स्वास्थ्योपचार सम्झौता

images
  • 942
    SHARES

  • images
    images
    images
    न्यु लुम्बिनी बोर्डिङ स्कुल र श्रीकृष्ण पोलिक्लिनिक बीच  स्वास्थ्योपचार सम्झौता
    images
    images
    images

    लुम्बिनी पाना । रुपन्देहीको देवदह नगरपालिका ५ मा अवस्थित न्यू लुम्बिनी बोर्डिङ स्कुल र श्री कृष्ण पोलिक्लिनिक प्रालि बिच विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि बुधबार लिखित सम्झौता भएको छ ।

    १४ बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट प्रिन्सिपल विनोद थापा मगर र पोलिक्लिनिकको तर्फबाट संचालक समितिका अध्यक्ष डा. कृष्ण गैरेले हस्ताक्षर गरी एकापसमा हस्तान्तरण गर्नुभएको हो ।

    images
    images
    images

    सम्झौता अनुसार पोलिक्निकले विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक÷कर्मचारीहरुको परिचय पत्रको आधारमा ओ.पि.डि. (मेडिकल अधिकृत) टिकटमा ५०% छुट, डिजिटल एक्स रे, भिडियो एक्सरे र इसिजी सेवामा १०% छुट, क्लिनिकमा उपलब्ध ल्याव परीक्षणमा १०-१५% छुट, प्रोसिडियर/ड्रेसिङ शुल्कमा १०% छुट, वेड चार्जमा २५% छुट, औषधीमा ३-५% (प्रकृती अनुसार) छुटको व्यवस्था,होलबडि परिक्षणमा १०% छुट दिने उल्लेख गरिएको छ ।

    पोलिक्निकबाट यी सेवाहरु न्यु लुम्बिनी बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थी, उनका अभिभावक र शिक्षक-कर्मचारीहरुलाई मात्र विशेष छुटका साथ प्रदान गरिने भएकोले विद्यार्थी र शिक्षक कर्मचारीको हकमा विद्यालयको परिचय पत्र र अभिभावकको हकमा विद्यालयले दिने अभिभावक कार्ड अनिवार्य हुनुपर्ने पोलिक्लिनिकका संचालक समितिका अध्यक्ष डा. कृष्ण गैरेले बताउनुभयो ।

    विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई बढी आर्थिक भार नपरोस् भन्ने उद्धेश्यले विद्यालयले पोलिक्लिनिकसँग सम्झौता गरेर विद्यार्थी र अभिभावकको स्वास्थ्योपचारमा सहयोगी भूमिका निर्वाह गरेको बताउनुभयो । 

    प्रिन्सिपल थापाले विद्यालयले हालै मात्र कक्षा ८ को देवदह नगर स्तरीय परिक्षामा शतप्रतिशत नतिजा हासिल गरेको जानकारी गराउदै गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुददेखि लिएर विद्यार्थी तथा अभिभावकको स्वास्थ्यमा समेत विशेष कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गर्नुभयो । विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै  प्रति विद्यार्थी १ लाख बराबरको विद्यार्थी सामुहिक दुर्घटना बिमा गर्न लागिएको प्रिन्सिपल थापा मगरले जानकारी दिनुभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij