देवदह । रुपन्देहीको देवदह भवानीपुरमा लाग्ने रामनवमी मेला भब्य रुपमा सम्पन्न भएको छ । सयौं वर्षदेखि लाग्दै आएको ऎतिहासिक मेला यस वर्ष बैशाख ३ गतेदेखि ५ गते सम्म संचालन भएको थियो ।
मेलालाई ऎतिहासिक र आकर्षण बनाउन यस वर्ष लोक भजन प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टिकुली र ढकिया दौड खेलको आयोजना गरिएको थियो।
कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती, देवदह भवानीपुरको आयोजना र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको संयोजनमा भजन प्रतियोगिता सम्पन्न भएको थियो।सनातन संस्कृति र सभ्यता पुस्तान्तरण सम्बन्धित भजन प्रतियोगीतामा ८ वटा भजन समूहको सहभागिता रहेको थियो।
भजन प्रतियोगितामा हरि किर्तन सत्सङ सेवा देवदह प्रथम, ब्राह्मण समाज देवदह -४,भजन समुह द्वितीय र दुर्गा मन्दिर भजन समुह देवदह ५ मितेरी गाँउले तृतीय स्थान हासिल गरेका थिए।
त्यस्तै यस वर्ष थारु समुदायको प्रचलित खेल टिकुलि र ढकिया दौड प्रतियोगिता संचालन भएको थियो।
मेलामा खेलकुद प्रतियोगिताको अलवा, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, नि: शुल्क स्वास्थ्य शिविर, मिठाइँ लगायत विभिन्न व्यवसायीक स्थलहरु र विभिन्न सामाजिक संघ, संस्थाले खानेपानी वितरण समेत गरेका थिए।
प्रत्येक वर्ष रामनवमीको अवसरमा लाग्ने मेलामा रुपन्देही, नवलपरासी, पाल्पा र छिमेकी मुलुक भारतबाट समेत मेला भर्न आउने गर्छन् । यस वर्ष पनि मेला भब्य रुपमा सम्पन्न भएको कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितीका अध्यक्ष लिला बल्लभ भट्टराईले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij