बैशाख २२, देवदह । देवदह ५ मितेरी गाउँ स्थित देवदह मदर टङ्स एकेडेमीमा शैक्षिक सत्र २०८१ का लागि सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । जस अन्तर्गत अल्फा सदनको क्याप्टेनमा किरन पुलामी मगर र भाइस क्याप्टेनमा शेया थापा चयन हुनुभएको छ भने सदनका शिक्षकहरुमा अरुण गिरी र रिमा गुरुङ चयन हुनुभएको छ । त्यसैगरी बिटा सदनको क्याप्टेनमा सुजिन गुरुङ र भाइस क्याप्टेनमा डेजी आले तथा शिक्षक प्रतिनिधिमा देबराज गुरूङ र आरती पराजुली रहनुभएको छ ।

त्यसैगरी गामा सदनमा दिप्सन थापा क्याप्टेन र शर्मिला बि.क.भाइस क्याप्टेनमा चयन हुनुभएको छ भने शिक्षक प्रतिनिधिमा दुर्गा जिसी र झरना सारु रहनुभएको छ । त्यसैगरी डेल्टा सदनमा सुबास राना क्याप्टेन र सोनिया रेश्मी भाइस क्याप्टेनमा चयन हुनुभएको छ भने शिक्षक प्रतिनिधिमा बिक्की दर्जी र सिर्जना गुरुङ चयन हुनुभएको छ ।त्यसैगरी स्कूल क्याप्टेनमा रोहित गुरुङ चयन हुनुभएको विद्यालयका अतिरिक्त विभाग प्रमुख मधुसुदन दिशामगरले जानकारी दिनुभयो ।
बर्ष भरि गरिने विभिन्न अतिरिक्त क्रियाकलापलाई एक आपसमा प्रतिस्पर्धात्मक बनाउनका लागि र विद्यार्थीहरुमा भएको प्रतिभालाई अझ निखारता ल्याउनको लागि विभिन्न सदनमा विभाजन गरी विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिने विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले बताउनुभयो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङको प्रमुख आतिथ्यता अतिरिक्त विभाग प्रमुख मधुसुदन दिशामगरको अध्यक्षता र साप्ताहिक कार्यक्रम प्रमुख देवराज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij