सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाल इन्जिनियरिङ कलेजमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

नेपाल इन्जिनियरिङ कलेजमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

images
  • 281
    SHARES

  • images
    images
    images
    नेपाल इन्जिनियरिङ कलेजमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
    images
    images
    images

    काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)को स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ । शुक्रबार नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिजले आयोजना गरेको शैक्षिक अभिमुखीकरणमा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका बारे जानकारी दिइएको हो ।

    कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेक सिपिएस अन्तरगतका शैक्षिक कार्यक्रमहरु महत्वपूर्ण रहेको भन्दै कलेज सदैव गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भयो । स्नातकोत्तर तहको अध्ययनका लागि कलेजलाई छनौट गरेका विद्यार्थीहरुलाई धन्यवाद दिँदै कार्यवाहक प्रिन्सिपल भण्डारीले नेक सिपिएसले देशकालागि चाहिने विशिष्ट जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको बताउँदै नेक सिपिएसमै पढेका व्यक्तिहरु नेपाल सरकारका विशिष्ट ओहदामा पुगेका, राष्ट्रिय अन्तराष्ट्रिय तहमा पुग्न सफल भएको जिकीर गर्नुभयो ।

    images
    images
    images

    विद्यार्थीहरुको सिकाईका लागि सिपिएस कार्यक्रमकै लागि अनुभवी १२ जना फ्याकल्टीहरु उपलब्ध रहेको बताउँदै कार्यवाहक प्रिन्सिपल भण्डारीले करियर अगाडी बढाउन मास्टर्स कार्यक्रम ज्वाइन गर्नुपर्छ भन्ने विद्यार्थीहरुको निर्णय सही भएको बताउँनु भयो । ‘दिनभरी काम गरेर बेलुकी पढ्नु भनेको सजिलो कुरा हैन तथापि, पनि यहाँहरुलाई सहज वातावरण बनाउन, यहाँहरुको डिग्री हासिल गर्ने सपना साकार पार्न हामी तयार छौं ।’ कार्यवाहक प्रिन्सिपल भण्डारीले भन्नुभयो ।

    नेक सिपिएस कार्यक्रमकी संयोजक प्रा.डा. तुसिता चाँदनी शाहीले दिनभरी काम गर्ने, बेलुकी पढ्ने र घरमा पारिवारिक कार्य गर्दै अध्ययनलाई अगाडी बढाउनु चुनौतिपूर्ण रहेपनि आफुहरु कसरी हुन्छ विद्यार्थीको पढाई र सिकाईलाई सहज होस् भन्ने वातावरण बनाउन लागि पर्ने बताउनु भयो । २ वर्ष विद्यार्थीले मेहनत गर्दा विशेषज्ञता हासिल गर्न सक्ने वातावरण रहेको चर्चा गर्दै प्रा.डा. शाहीले कलेजको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउनु भयो ।

    कलेजको प्राकृतिक श्रोत व्यवस्थापन कार्यक्रमका संयोजक डाक्टर नारायण प्रसाद कोजूले नेक सिपिएसमा देशका कुना कन्दराबाट उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीलाई अध्ययन अनुसन्धान गर्न गराउन आफुहरु सदैव लागि पर्ने बताउनु भयो । सिपिएस कार्यक्रममा यो पटक देशका विभिन्न भागबाट सरकारी, गैरसरकारी तथा आफ्नै फर्महरु सञ्चालन गरेका विद्यार्थीहरु भर्ना भएका छन् ।

    पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको आकर्षण छ । काम गर्दै मास्टर्स गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम महत्वपूर्ण रहेको छ ।

    सन् १०९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापना भएको कलेजमा सिटिइभिटीको डिप्लोमा होल्डर्स विद्यार्थीहरुले समेत अध्ययन गर्न पाउँछन् । भने, स्नातक तहमा इन्जिनियरिङका ६ वटा विषयहरुमा अध्ययन गर्न पाउँछन् ।

    सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij