मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ग्रीन प्लान्ट आवासीय माविद्वारा महावीर पुनको १ लाख बराबरको पुस्तक खरिद

ग्रीन प्लान्ट आवासीय माविद्वारा महावीर पुनको १ लाख बराबरको पुस्तक खरिद

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    ग्रीन प्लान्ट आवासीय माविद्वारा महावीर पुनको १ लाख बराबरको पुस्तक खरिद
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय माविले डा. महावीर पुनको सम्झना, सपना र अविरल यात्रा आत्मकथा १ लाख बराबरको खरिद गरेको छ। 

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि आफ्नो आत्मकथा बिक्री गर्न केही दिनदेखि रुपन्देहीमा छन् । सोही अवसरमा  ग्रीन प्लान्ट आवासीय माविले  १ लाख बराबरको पुस्तक खरिद गरेको विद्यालयका प्रधानाध्यापक राजीव सापकोटाले बताउनुभयो। 

    images
    images
    images

    कृषि औजार कारखाना संचालन गर्ने अभियानमा लागेका उनको अभियानमा विद्यालय समेत सहभागी हुने उदेश्य १ लाख बराबरका १ सय ३४ थान खरिद गरेको विद्यालयले जनाएको छ। पुनको आत्मकथा पालिका भित्रमा सामुदायिक तथा संस्थागत विद्यालय, विभिन्न क्रियाशिल संघ संस्था र व्यक्तिगत रुपमा बिक्रि गरिने बताइएको छ।

    महावीर पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्किएका छन् । रुपन्देही जिल्लामा १५ हजार ६ सय वटा  किताब बेचेर करिब १ करोड  १७ लाख रुपैँया आम्दानी भएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij