देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह ई. बो. सेकेण्डरी स्कुलमा शिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।
मंगलवार देवदह ई. बो. सेकेण्डरी स्कुलमा प्ले ग्रुप देखि कक्षा ३ सम्म अध्यापन गर्ने शिक्षकहरुलाई कान्तिपुर चाइल्ड डेभलपमेण्ट कम्युनिटिका मण्टेश्वरी शिक्षण विधि प्रशिक्षक शशिकला घोरासैनीले मण्टेश्वरी विधि सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले परिवर्तित सन्दर्भमा समय सापेक्ष शिक्षण गर्न सकिएन भने विद्यार्थीको वास्तविक विकास पनि हुन नसक्ने विषयमा जोड दिँदै विद्यालय शिक्षाको आधार प्रि प्राइमरी र प्राइमरी तहमा तालिमप्राप्त उत्कृष्ट शिक्षकहरुबाट मात्र शिक्षण सिकाइ क्रियाकलाप गराई विद्यालयलाई यस क्षेत्रकै पहिलो रोजाइको विद्यालयको रुपमा विकास गर्न आफू निरन्तर लागिरहेको बताउनुभयो।
विद्यालयका कार्यवाहक प्रिन्सिपल मन बहादुर क्षेत्रीको स्वागत मन्तव्य र सहायक प्रिन्सिपल विष्णु अर्यालको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij